गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री « Khabarhub

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यसबारे पर्याप्त छलफल भइसकेकाले अब कुनै अलमल नरहेको बताए ।

‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदै छौँ’, उनले भने, ‘यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भनेर एक महिनामा सम्भवतः अध्ययन समिति बनाउनेछौँ ।’

गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताए। उनले लागूऔषध दुर्व्यसनीमा फसेका र ओसारपसारमा लागेकालाई फरक रुपमा हेरिने भन्दै यसबारे पनि अध्ययन भइरहेको जानकारी दिए ।

‘कोही कानुनी अनभिज्ञताका कारण जेल बसेका छन् । जनचेतनाको अभावले पनि दुर्व्यसनी तथा ओसारपसारमा लागेका छन्’, उनले भने, ‘ यसबारे पनि गहिरिएर अध्ययन गर्दैछाैँ।’

समितिका सभापति डा. आरजु राणा देउवाले गृहमन्त्री लामिछानेको प्रतिबद्धतालाई स्वागत गर्दै आगामी भदौसम्म नियमावलीका लागि समयावधि उपलब्ध गराएकी छन्  ।

‘उक्त अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए समितिअन्तर्गत उपसमिति गठन गर्नेछ । छलफलमा उठेका विषयलाई गृह र अर्थ मन्त्रालयलाई जानकारी दिने छौँ ’, उनले भनिन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ४ : ०० बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई