गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री | Khabarhub Khabarhub

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यसबारे पर्याप्त छलफल भइसकेकाले अब कुनै अलमल नरहेको बताए ।

‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदै छौँ’, उनले भने, ‘यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भनेर एक महिनामा सम्भवतः अध्ययन समिति बनाउनेछौँ ।’

गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताए। उनले लागूऔषध दुर्व्यसनीमा फसेका र ओसारपसारमा लागेकालाई फरक रुपमा हेरिने भन्दै यसबारे पनि अध्ययन भइरहेको जानकारी दिए ।

‘कोही कानुनी अनभिज्ञताका कारण जेल बसेका छन् । जनचेतनाको अभावले पनि दुर्व्यसनी तथा ओसारपसारमा लागेका छन्’, उनले भने, ‘ यसबारे पनि गहिरिएर अध्ययन गर्दैछाैँ।’

समितिका सभापति डा. आरजु राणा देउवाले गृहमन्त्री लामिछानेको प्रतिबद्धतालाई स्वागत गर्दै आगामी भदौसम्म नियमावलीका लागि समयावधि उपलब्ध गराएकी छन्  ।

‘उक्त अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए समितिअन्तर्गत उपसमिति गठन गर्नेछ । छलफलमा उठेका विषयलाई गृह र अर्थ मन्त्रालयलाई जानकारी दिने छौँ ’, उनले भनिन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ४ : ०० बजे

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

त्रिशूली– स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्जनमा समस्या भएको छ। नुवाकोटको

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट