सम्भवको आरोपबारे गृहमन्त्रीको जवाफ : अब प्रमाण पनि उनैले देखाउलान् | Khabarhub Khabarhub

सम्भवको आरोपबारे गृहमन्त्रीको जवाफ : अब प्रमाण पनि उनैले देखाउलान्


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगीसम्बन्धी समाचार लुकाउन गरेको आग्रह नमान्दा बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको सम्भव सिरोहियाको आरोपबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छोटो प्रतिक्रिया दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका प्रबन्धन निर्देशक सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार लुकाइदिन, नलेखिदिन गृहमन्त्री लामिछानेले गरेको आग्रहलाई बेवास्ता गर्दा आफ्ना बुवालाई थुनिएको शुक्रबार बताएका थिए ।

सम्भवले कान्तिपुरका अध्यक्षसमेत रहेका कैलाश पक्राउबारे गम्भीर आरोप लगाइसकेपछि गृहमन्त्री लामिछानेले त्यसबारेमा जानकारी लिन आफूले नभ्याएको बताएका छन् ।

सिंहदरबारस्थित कृषि समिति गाँजा खुलाउनेबारे भएको छलफलपछि बाहिरिने क्रममा गृहमन्त्रीलाई सम्भवले लगाएको आरोपबारे पत्रकारले जिज्ञासा राखे ।

तर लामिछानेले सम्भवले सबैभन्दा पहिले इन्स्टाग्राममा राखेको उक्त करिब ८ मिनेटको भिडिओ आफूले हेर्न नपाएको प्रतिक्रिया दिएका छन् ।

‘मैले त्यो भिडियो हेर्न भ्याएको छैन, अरुले मलाई त्यसबारे सुनाए’, उनले भने, ‘मेरोबारेमा त्यसो भनिसकेपछि प्रमाण पनि उहाँ (सम्भव) ले नै ल्याइदिनु हुन्छ होला नि !’

बुवा कैलाश सिरोहिया हाजिरी जमानीमा छुटिसकेको दुई सातापछि सम्भवले सहकारी ठगी प्रकरणको समाचार लुकाइदिन र विषय नउठाइदिन गृहमन्त्रीले पटक पटक आग्रह गरेको दाबी गरेका छन् । तर गृहमन्त्रीको आग्रह नमानी समाचार लेखिरहेपछि आफ्ना बुवालाई नागरिकतासम्बन्धी कसुर लगाएर समातिएको जिकिर सम्भवले गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ८ : १८ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई