देशभर बाढी, पहिरो र डुबान (फोटो फिचर) | Khabarhub Khabarhub

देशभर बाढी, पहिरो र डुबान (फोटो फिचर)


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए। विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका छन्। अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका छन्। अन्य विवरण आउन बाँकी छ।

अविरल वर्षापछि नवलपरासी गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् । 

भारी वर्षाका कारण शनिबार देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ। काठमाडौँमा वर्षा रोकिने र फेरि सुरुहुनेक्रम जलिरहेको छ। देशका कतिपय जिल्लामा वर्षा भइरहेको छ।

लगातार वर्षा हुँदा काठमाडौँ टोखा नगरपालिका- ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीमा जल सहत  । 

तस्बिर : रासस

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : १२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन जडान

लुम्बिनी– बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोड रुपैयाँ खर्चेर १२८

बिहान सबेरैदेखि राति अबेरसम्म यसरी चल्छ कालिमाटी तरकारी बजार (फोटोफिचर)

काठमाडौं– काठमाडौंको कालिमाटी भन्नेबित्तिकै धेरैको दिमागमा तरकारी बजार आउँछ ।

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रे– जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत– ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली– सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’