युरोकप २०२४ : नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश « Khabarhub

युरोकप २०२४ : नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

बर्लिनमा आज बिहान सकिएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका स्टेफान डेभ्रिजले एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, टर्कीका समेट अकायदिनले गोल गरेका थिए ।

टर्कीका अकायदिनले खेलको ३५औँ मिनेटमा सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७०औँ मिनेटमा डेभ्रिजको गोलमार्फत नेदरल्याण्ड्स १–१ गोलको बराबरीमा आएको थियो ।

त्यसपछि टर्कीका मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स पुनरागमन जित निकाल्न सफल भयो ।

यो खेलसँगै युरोकपमा सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्ड र फ्रान्सले स्पेनसँग खेल्नेछ ।

यो पनि…
इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

 

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ३४ बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको