युरोकप २०२४ : नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश « Khabarhub

युरोकप २०२४ : नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

बर्लिनमा आज बिहान सकिएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका स्टेफान डेभ्रिजले एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, टर्कीका समेट अकायदिनले गोल गरेका थिए ।

टर्कीका अकायदिनले खेलको ३५औँ मिनेटमा सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७०औँ मिनेटमा डेभ्रिजको गोलमार्फत नेदरल्याण्ड्स १–१ गोलको बराबरीमा आएको थियो ।

त्यसपछि टर्कीका मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स पुनरागमन जित निकाल्न सफल भयो ।

यो खेलसँगै युरोकपमा सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्ड र फ्रान्सले स्पेनसँग खेल्नेछ ।

यो पनि…
इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

 

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ३४ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण