दक्षिणपूर्वी एशियाली चार मुलुकसँगको भुक्तानी सञ्जालमा भारत पनि सहभागी « Khabarhub

दक्षिणपूर्वी एशियाली चार मुलुकसँगको भुक्तानी सञ्जालमा भारत पनि सहभागी


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत चार दक्षिणपूर्वी एशियाली मुलुकमा सीमापार खुद्रा भुक्तानी सञ्जालमा आबद्ध हुने भएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुकहरु फिलिपिन्स, मलेशिया, सिंगापुर र थाइल्याण्डमा भारतले सीमापार खुद्रा भुक्तानी सञ्जाल प्रोजेक्ट नेक्ससमा सहभागी हुने तयारी गरेको हो ।

बैंक अफ इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को इनोभेसन हबको अवधारणाअनुसार नेक्सस परियोजना अघि सारिएको छ ।

यस सञ्जालमार्फत् ती मुलुकमा भुक्तानी सेवा सञ्चालन हुने र यसमा भारत पनि संस्थापक सदस्यका रुपमा सहभागी हुन लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले विज्ञप्ति जारी गर्दै यस विषयमा बीआईएस र चार मुलुकका केन्द्रीय बैंकसँग स्विट्जरल्याण्डको बसेलमा सम्झौता गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ३० बजे

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट