गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती- जीबी राईलाई पक्राउ गरे फूलमाला लगाइदिन्छु « Khabarhub

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती- जीबी राईलाई पक्राउ गरे फूलमाला लगाइदिन्छु


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका विषयमा सदनमा जात्रा देखिएको बताएका छन्  ।

आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन्  । सरकारमा हुँदा केही नगर्ने, नयाँ समीकरण बन्ने बित्तिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको शृङ्खला सदनमा देखिएको उनले बताए  ।

शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए । देशका हितमा नरहेका संविधानका बुँदाहरू परिवर्तन गर्न दलहरूलाई कसैले नरोकेको उनले बताए ।

उनले नयाँ दलहरूलाई पुराना दलहरूको विकल्पमा रूपमा जनताले मत दिएको भन्दै नयाँ दलहरू पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गरे । शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताए ।

त्यस्तै फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै उनले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चुनौती दिए  ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : १० बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा