पहिरोमा बेपत्ता महिलाको शव भेटियो « Khabarhub

पहिरोमा बेपत्ता महिलाको शव भेटियो


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

वालिङ–  स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए । पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो । उक्त घरमा सासू बुहारी बस्दै आएका थिए ।

पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : ३७ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न