तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ « Khabarhub

तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

कास्की- तनहुँकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ।

अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताएका छन् ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार प्रदेश सीतामढी डुमरा थाना सुरसड पक्ष्मी-१ सुरसड गाउँका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार छन् । घर यी भारतीय नागरिक सुनिल कुमार पनि पोखरा महानगरपालिका-११ रानीपौवामा बस्दै आएका थिए ।

उनीहरूले गत असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुबाट नाबालिकालाई फकाएर उठाएका पनि प्रनाउ शर्माले बताए ।

उनलाई ग.८ प ४२८० नम्बरको मोटरसाइकलमा राखेर पोखरा महानगरपालिका-११ रानीपौवास्थित उनीहरूको कोठामा बन्धक बनाएको शर्माले जनाएका छन् ।

त्यसपछि ती नाबालिकालाई दुवैजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । नाबालिकालाई बन्धक बनाएर बलात्कारपछि पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका-३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूविरूद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : ३० बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च