नारायणी पुलबाट हामफालेका व्यक्ति ७३ वर्षीय वृद्ध भएको पुष्टि « Khabarhub

नारायणी पुलबाट हामफालेका व्यक्ति ७३ वर्षीय वृद्ध भएको पुष्टि


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुरस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान हामफालेर बेपत्ता व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी पुलबाट हामफालेर बेपत्ता भएका व्यक्ति भरतपुर महानगरपालिका-१२ निवासी ७३ वर्षीय नारायणबहादुर गुरुङ हुन् ।

आइतबार बिहान पौने ११ बजे पुलमै साइकल र चप्पलसहितका सामान राखेर गुरुङले उर्लँदो नारायणी भेलमा हामफालेका थिए ।

हामफालेर बेपत्ता व्यक्ति नारायणबहादुर भएको पुष्टि पुलमा छाडिएका सामानका आधारमा उनका छोरा देवबहादुर गुरुङले गरेका प्रहरीले जनाएको छ ।

उनी हामफालेको उक्त स्थानमा विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको थियो । तर ठूलो बाढी आएको नारायणीमा उनको खोजी असम्भव जस्तै थियो ।

हामफालेपछि पुलमा उनले साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका थिए । तिनै सामानबाट नारायणबहादुरको पहिचान भएको हो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ५५ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्