बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका विरुवा « Khabarhub

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका विरुवा


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बागलुङ – गाउँमामा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिदै गएको गाउँमा स्थानीयले सुन्तलाखेती थालेका छन् । बागलुङको जैमिनी नगरपालिका-२ दमेक चैराकका स्थानीय बाँझो जमिनको उपयोग गरी सुन्तला खेती गर्न थालेका हुन् ।

बषौंदेखि सुन्तला उत्पादन हुँदै आएको दमेकमा यस वर्ष थप दुई हजार आठ सय विरुवा लगाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको सहयोगमा स्थानीयले सुन्तला खेती विस्तार गरेका हुन् । परम्परागत रुपमा खेती गर्दै आएका किसानले नयाँ प्रविधिमार्फत जग्गा चक्लाबन्दी गरी खुन्तला खेती गर्न थालेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको रु १० लाख र स्थानीय किसानको रु छ लाख ४० हजारमा एक सय ४० रोपनी बाँझो जग्गामा सुन्तलाका विरुवा लगाइएको हो ।

सुन्तला बेचेर वार्षिक रु ४० लाख गाउँमा भित्राउँदै आएका यहाँका किसानले अब केही वर्षमै आम्दानी बढाउने गरी खेती सुरु गरेका हुन् । सुन्तला खेतीले गाउँका खाली जग्गा सदुपयोगमा आउने र किसानको आम्दानीको स्रोत बन्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए।

चक्ला बन्दी गरेर कृषि गर्नका लागि कार्यायलले आवदेन आह्वान गरेको र त्यसमा धेरैले आवेदन दिए पनि दमेकी कृषक छनोटमा परेपछि सुन्तलाका विरुवा लगाइएको उनले बताए ।

प्रमुख पौडेलले दमेक क्षेत्र सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र भएको भन्दै किसानले पर्वतको जलजलाबाट रैथाने जातको विरुवा लिएर लगाएको बताए । उनका अनुसार सुन्तला उत्पादनका लागि मध्यपहाडी क्षेत्रको हावापानीमा उपयुक्त हुन्छ । यहाँ सुन्तला लगाएपछि बाँझो जमिन प्रयोगमा आएको पौडेल बताउँछन् । कम मेहेनतमा पनि राम्रो आम्दानी गर्न सकिने हुँदा पछिल्लो समय किसान सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ ।

“हाम्रो कार्यालयले कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै आएको छ, यस वर्ष दमेकको चैराकको ठूलो क्षेत्रमा सुन्तलाका विरुवा लगाइएको छ”, उनले भने, “ यहाँ पहिलेदेखिनै सुन्तला खेती गर्दै आउनुभएको रैछ, सुन्तला खेतीका लागि यो ठाउँ उपयुक्त पनि मानियो ।”

दमेकी सुन्तला कृषक समुह जैमिनी नगरपालिका(२ का अध्यक्ष ओमप्रकाश सापकोटाले गाउँमा मकै, धानसहित स्थानीयले धेरै वर्ष अगाडिदेखि सुन्तला खेती गर्दै आएकोमा पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न लागेको बताए । यहाँ उत्पादन हुने सुन्तलाले अहिलेसम्म बजारको समस्या भोग्न नपरेको भन्दै हरेक वर्ष पोखरा, काठमाडौँ र नारायणगढसम्म पुग्ने गरेको अध्यक्ष सापकोटाले बताए ।

उनले भने, “पहिला–पहिला गाउँका जग्गा जमिनमा धान, गहुँ, मकै र कोदो लगाउने चलन थियो, सुन्तला लगाए पनि एकरदुई बोट बारीको छेउमा लगाउने गरिन्थ्यो, अहिले सिङ्गो बारीनै सुन्तला खेतीका लागि प्रयोग गर्न थालिएको छ ।”

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : १५ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय