प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जाने « Khabarhub

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जाने


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वर जाने भएका छन् ।

आज अपराह्न ५ बजे राखेपको कभर्डहलमा नेपाल र भारतीय महिला टोलीबीच काभा भलिबलको फाइलन खेल हुँदैछ । प्रधानमन्त्री ओली भने अपराह्न सवा ४ बजे नै त्यहाँ पुग्ने जनाइएको छ ।

घरेलु टोली नेपालले मंगलबार भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो भने भारतले श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।

यसअघि समूह चरणमा नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ४५ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको