प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जाने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न त्रिपुरेश्वर जाने


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वर जाने भएका छन् ।

आज अपराह्न ५ बजे राखेपको कभर्डहलमा नेपाल र भारतीय महिला टोलीबीच काभा भलिबलको फाइलन खेल हुँदैछ । प्रधानमन्त्री ओली भने अपराह्न सवा ४ बजे नै त्यहाँ पुग्ने जनाइएको छ ।

घरेलु टोली नेपालले मंगलबार भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो भने भारतले श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।

यसअघि समूह चरणमा नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ४५ बजे

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु

एक सातामा १ सय ८२ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ७ हजार ५ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु

कैलालीमा धान उत्पादन घट्यो

कैलाली– कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ ।

बारपाक–लाप्राक सडकखण्डमा सवारी आवागमन बन्द

गोरखा– गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको