आकस्मिक कक्षमा आएका बिरामीको उपचार गर्न मन्त्रालयको आग्रह « Khabarhub

आकस्मिक कक्षमा आएका बिरामीको उपचार गर्न मन्त्रालयको आग्रह


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई उपचार सेवा दिएर मात्र फर्काउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरेर आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई त्यतिकै फर्काउन नहुने बताए । उनले केही अस्पतालले आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई आर्थिक अभावका कारणले उपचार नगरेपछि उपचार गर्न आग्रह गरिएको बताए । उनले ती अस्पतालको आकस्मिक कक्षमा उपचार नभए मात्र अन्यत्र पठाउन आग्रह गरे ।

 ‘आकस्मिक कक्षमा उपचार गर्न आइपुग्ने बिरामीलाई उपचार दिएर स्थिर गराई थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अस्पतालमा सो अस्पतालसँगको सहकार्यमा समन्वयमा प्रेषण गर्न गराउनु अनुरोध गर्दछौँ’, उनले भने । 

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका उल्लेख गर्दै आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरिएको छ । 

जनस्वास्थ्य ऐन २०७५ ले आकस्मिक स्वास्थ्य सेवालाई आकस्मिक घटना वा आपतकालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकताअनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनुपर्छ भनी परिभाषित गरेको छ ।  

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : २१ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने