आकस्मिक कक्षमा आएका बिरामीको उपचार गर्न मन्त्रालयको आग्रह « Khabarhub

आकस्मिक कक्षमा आएका बिरामीको उपचार गर्न मन्त्रालयको आग्रह


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई उपचार सेवा दिएर मात्र फर्काउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरेर आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई त्यतिकै फर्काउन नहुने बताए । उनले केही अस्पतालले आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई आर्थिक अभावका कारणले उपचार नगरेपछि उपचार गर्न आग्रह गरिएको बताए । उनले ती अस्पतालको आकस्मिक कक्षमा उपचार नभए मात्र अन्यत्र पठाउन आग्रह गरे ।

 ‘आकस्मिक कक्षमा उपचार गर्न आइपुग्ने बिरामीलाई उपचार दिएर स्थिर गराई थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अस्पतालमा सो अस्पतालसँगको सहकार्यमा समन्वयमा प्रेषण गर्न गराउनु अनुरोध गर्दछौँ’, उनले भने । 

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका उल्लेख गर्दै आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरिएको छ । 

जनस्वास्थ्य ऐन २०७५ ले आकस्मिक स्वास्थ्य सेवालाई आकस्मिक घटना वा आपतकालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकताअनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनुपर्छ भनी परिभाषित गरेको छ ।  

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : २१ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका