विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी | Khabarhub Khabarhub

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा – कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो ।

विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई दुई लाखका दरले तीन करोड रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।

यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाको परिवारलाई रु ४० लाख रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ । कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए।

‘अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ जनामध्ये तीनजनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छ’, उनले भने, ‘अन्य विपद्मा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ ।’

राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भुकम्पमा परि मृत्यु भएको छ ।

अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो । प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि रु दुई लाख र आवास बिमाअन्तर्गत  पाँच लाख उपलब्ध गराउने उल्लेख छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : २३ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका