फाइनल पुगेकी भारतीय कुस्तीबाज फोगाट १०० ग्राम तौलले अयोग्य घोषित, कुनै पदक नपाउने « Khabarhub

फाइनल पुगेकी भारतीय कुस्तीबाज फोगाट १०० ग्राम तौलले अयोग्य घोषित, कुनै पदक नपाउने


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

पेरिस- भारतीय कुस्ती खेलाडी विनेश फोगाटले पेरिस ओलम्पिकको फाइनल गुमाएकी छन् । उनका लागि तोकिएको समूहमा १०० ग्राम धेरै तौल हुँदा आयोजकले उनलाई पेरिस ओलम्पिकबाट बाहिरको बाटो देखाइदिएका हुन् ।

विनेश ५० किलो समूहमा खेल्दै आएकी छन् । बुधबार उनको तौल करिब १०० ग्राम धेरै पाइएको हो । त्यसपछि ओलम्पिक महिला कुश्तीबाट उनलाई अयोग्य घोषित गरिएको हो ।

भारतीय ओलम्पिक संघले विनेश अयोग्य घोषित भएको पुष्टि गरेको छ। उनी बुधवार राति हुन लागेको ५० किलो समूहमा वुमेन्स कुस्तीको फाइनलबाट बञ्चित भएकी छन् । अब उनलाई कुनै पदक पनि मिल्ने छैन। सबैभन्दा अप्ठेरो त के भने उनले यो निर्णयविरुद्ध अपीलमा जान पनि पाउँदिनन् । विनेश पहिलो पटक ५० किलो समूहमा खेलिरहेकी थिइन् । उनी यसअघि ५३ किलोमा खेल्ने गरेकी थिइन् ।

अस्पताल भर्ना

समाचार अनुसार ओलम्पिकबाट बाहिरिनुपरेपछि विनेश फोगाटको स्वास्थ्य बिग्रिएको छ। उनलाई अहिले अस्पताल भर्ना गरिएको छ ।

केही समाचारअनुसार विनेश र उनका प्रशिक्षक मंगलबार राति उनको तौल तोकिएभन्दा धेरै भएको खुलेको थियो । त्यसपछि विनेश पूरै रात सुतेकी थिइनन् । उनले तौललाई तोकिएको समूहमा ल्याउन जगिङ, स्किपिङ्ग र साइक्लिङ जस्ता शारीरिक अभ्यास गरिरहिन् ।

उनले त्यसक्रममा आफ्नो कपाल र नङसम्म काटेकी थिइन् । त्यसका बावजुद उनको तौल घटेन । भारतीय टोलीले विनेशलाई केही समय दिन माग गरेको थियो । तर उनको मागमा सुनुवाइ भएन ।

इन्डियन ओलम्पिक एसोसिएशनले धेरै तौलका कारण महिला कुश्तीको ५० केजी समूहमा फोगाटलाई अयोग्य घोषित गरेकोमा आपत्ति जनाएको छ।

रातभरको कोशिशका बावजुद बिहान उनको तौल ५० ग्रामभन्दा केही बढी पाइयो । भारतीय टोलीकोतर्फबाट यसबारे अहिलेसम्म केही टिप्पणी आएको छैन।

विनेश मंगलबार ३ खेल जितेर ५० केजी कुस्ती ओलम्पिकको फाइनलमा पुगेकी थिइन् । उनी यसरी फाइनलमा पुग्ने पहिलो भारतीय महिला पनि भएकी थिइन् । सेमीफाइनलमा उनले क्यूबाकी कुस्तीबाज गुजमान लोपेजीलाई हराइन् ।

क्वार्टरफाइनलमा युक्रेनकी ओकसाना लिवाच र प्री-क्वार्टरफाइनलमा विश्व च्याम्पियन जापानकी युई सुसाकीलाई हराएकी थिइन् । उनले बुधबार राति करिब १० बजे स्वर्ण पदकका लागि अमेरिकी कुस्तीबाज सारा एन हिल्डरब्रान्ट भिडन्त तय भएको थियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ५८ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने