‌ओलीको निष्कर्ष- कांग्रेससँगको सहमतिले जनतामा आशाको सञ्चार गरायो (अपानिसहित) | Khabarhub Khabarhub

‌ओलीको निष्कर्ष- कांग्रेससँगको सहमतिले जनतामा आशाको सञ्चार गरायो (अपानिसहित)


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी यतिबेला निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।

मंगलबार अन्तरपार्टी निर्देशन (अपानि)–१० जारी गर्दै ओलीले नेता कार्यकर्तालाई पार्टी निर्माणको अभियानमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने काममा लाग्न निर्देशन दिएका छन् ।

‘यतिबेला हामी पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेका छौँ, नेकपा (एमाले) र नेपाली कांग्रेसबीचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको छ’, पार्टी अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ ।

पार्टी अध्यक्ष नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको अपानिमा उल्लेख छ ।

‘नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन्, स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ’, अपानिमा भनिएको छ ।

केन्द्र र प्रदेश सरकारमा महत्त्वपूर्ण सहभागिताले स्थानीय तहको काममासमेत अनुकूलता प्राप्त भएको पार्टीको अपानिमा लेखिएको छ ।

‘अब मिसन ०८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु पर्दछ’, निर्देशनमा उल्लेख छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको स्मरण गराउँदै पार्टीको समग्र कामलाई पनि त्यही उद्देश्यअनुरूप अघि बढाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

‘स्थानीय कमिटीका अधिवेशन सम्पन्न भएसँगै अब सिङ्गो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ, म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुनु अनुरोध गर्दछु’, ओलीले अपानिमा भनेका छन् ।

ओलीले यतिबेला दुई प्रमुख दलहरूबीचको वर्तमान सहकार्य नयाँ सरकार गठनका लागि मात्र नभएर मुलुकको लोकतान्त्रिक भविष्यको सुनिश्चिताका लागि भएको बताएका छन् ।

‘अब केन्द्र सरकार र प्रदेश सरकारका तर्फबाट गरिने हरेक सकारात्मक कामलाई पार्टीपंक्तिका तर्फबाट जनताका बीचमा लगेर स्थापित गर्नुपर्दछ । एमाले र नेपाली कांग्रेस लोकतन्त्रका आधारभूत प्रश्नहरुमा विगतमा पनि एक ठाउँमा उभिँदै आएका राजनीतिक दलहरू हुन् । जतिबेला लोकतन्त्रका आधारभूत प्रश्नहरुमा उनीहरु एक ठाउँमा उभिन पुगेका छन्, त्यतिबेला मुलुकको राजनीतिले सार्थक परिणाम पाउन सकेको छ’, उनले भनेका छन्, ‘अहिलेको सहकार्य पनि त्यही दिशातर्फ केन्द्रित छ । पार्टीपंक्तिले यस तथ्यलाई जनस्तरमा लगेर स्थापित गर्नु पर्दछ । साथै अन्य सैद्धान्तिक र राजनीतिक प्रश्नमा हाम्रा बीचमा आ–आफ्ना मान्यता र विश्वास रहेका छन् भन्ने कुरामा स्पष्ट हुनु पनि पर्दछ ।’

अपानिको पूर्णपाठ

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : २१ बजे

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको

जलवायु वित्त सार्वजनिक स्रोतबाटै ल्याउन दबाब दिन जनमार्च

काठमाडौं – विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले शनिबार (भोलि) जलवायु

लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित

वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सञ्चालन गरेको वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल

रामकुमारीबारे माधव नेपाल- अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक