‌ओलीको निष्कर्ष- कांग्रेससँगको सहमतिले जनतामा आशाको सञ्चार गरायो (अपानिसहित) « Khabarhub

‌ओलीको निष्कर्ष- कांग्रेससँगको सहमतिले जनतामा आशाको सञ्चार गरायो (अपानिसहित)


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी यतिबेला निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।

मंगलबार अन्तरपार्टी निर्देशन (अपानि)–१० जारी गर्दै ओलीले नेता कार्यकर्तालाई पार्टी निर्माणको अभियानमा जुट्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने काममा लाग्न निर्देशन दिएका छन् ।

‘यतिबेला हामी पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेका छौँ, नेकपा (एमाले) र नेपाली कांग्रेसबीचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको छ’, पार्टी अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ ।

पार्टी अध्यक्ष नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको अपानिमा उल्लेख छ ।

‘नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन्, स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ’, अपानिमा भनिएको छ ।

केन्द्र र प्रदेश सरकारमा महत्त्वपूर्ण सहभागिताले स्थानीय तहको काममासमेत अनुकूलता प्राप्त भएको पार्टीको अपानिमा लेखिएको छ ।

‘अब मिसन ०८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु पर्दछ’, निर्देशनमा उल्लेख छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको स्मरण गराउँदै पार्टीको समग्र कामलाई पनि त्यही उद्देश्यअनुरूप अघि बढाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

‘स्थानीय कमिटीका अधिवेशन सम्पन्न भएसँगै अब सिङ्गो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ, म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुनु अनुरोध गर्दछु’, ओलीले अपानिमा भनेका छन् ।

ओलीले यतिबेला दुई प्रमुख दलहरूबीचको वर्तमान सहकार्य नयाँ सरकार गठनका लागि मात्र नभएर मुलुकको लोकतान्त्रिक भविष्यको सुनिश्चिताका लागि भएको बताएका छन् ।

‘अब केन्द्र सरकार र प्रदेश सरकारका तर्फबाट गरिने हरेक सकारात्मक कामलाई पार्टीपंक्तिका तर्फबाट जनताका बीचमा लगेर स्थापित गर्नुपर्दछ । एमाले र नेपाली कांग्रेस लोकतन्त्रका आधारभूत प्रश्नहरुमा विगतमा पनि एक ठाउँमा उभिँदै आएका राजनीतिक दलहरू हुन् । जतिबेला लोकतन्त्रका आधारभूत प्रश्नहरुमा उनीहरु एक ठाउँमा उभिन पुगेका छन्, त्यतिबेला मुलुकको राजनीतिले सार्थक परिणाम पाउन सकेको छ’, उनले भनेका छन्, ‘अहिलेको सहकार्य पनि त्यही दिशातर्फ केन्द्रित छ । पार्टीपंक्तिले यस तथ्यलाई जनस्तरमा लगेर स्थापित गर्नु पर्दछ । साथै अन्य सैद्धान्तिक र राजनीतिक प्रश्नमा हाम्रा बीचमा आ–आफ्ना मान्यता र विश्वास रहेका छन् भन्ने कुरामा स्पष्ट हुनु पनि पर्दछ ।’

अपानिको पूर्णपाठ

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : २१ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न