मंगलबारको करेक्सनपछि १०८ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

मंगलबारको करेक्सनपछि १०८ अंकले बढ्यो नेप्से, कारोबार कति ?


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको करेक्सनपछि आज बढेको छ । बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ । आज पुरै बजार खुलेदेखि नै बढेको हो । 

आज बजार खुलेको ११ मिनेटपछि घट्न सुरु भएको बजार १३ मिनेटसम्म घटेको थियो । त्यसपछि बढ्न थालेको बजार निरन्तर बढेको थियो । बजार बन्द हुने बेलासम्ममा नेप्से ४.०८ प्रतिशतले बढेर बन्द भएको छ । 

बजार बढेको भएपनि कारोबार भने मंगलबारको तुलनामा ६ अर्बले घटेको छ । बुधबार १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो मंगलबार २३ अर्ब बढीको कारोबार भएको थियो । 

आज नेप्सेमा बढोत्तरीसँगै १३ वटा सबै समूहमा पनि हरियाली देखिएको छ । आज प्रतिशतको आधारमा सबैभन्दा बढी अन्य समूह ७.८९ प्रतिशतले बढेर २३३४.७५ विन्दुमा पुगेको छ । 

त्यस्तै फाइनान्स समूह ७.६३ प्रतिशतले बढेर ३३६०.५९ विन्दुमा, हाइड्रो ५.७२ प्रतिशतले बढेर ३४३२.३२ विन्दुमा, होटल एण्ड टुरिजम ५.१३ प्रतिशतले बढेर ७५२३.३० विन्दुमा पुगेको छ । आज सबैभन्दा बम बढ्नेमा म्युचअल फण्ड रहेको छ । जुन समूह १.०१ प्रतिशतले बढेर २१.७१ विन्दुमा पुगेको छ । 

आज ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ वटा कम्पनीको शेयर मूल्य मात्र घटेको छ । बाकी २३९ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । 

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप १० वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट भने लागेको छैन । 

आज ३३० वटा कम्पनीको २ लाख १२ हजार ६८१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : २८ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो