मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु | Khabarhub Khabarhub

मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । 

झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताए । 

यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको उनले जानकारी दिए ।

यस उत्सवमा जनकपुरधामका मन्दिरबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ । एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने गरिन्छ । 

रत्नसागर मन्दिरको झुला नाच सबैभन्दा बढी प्रसिद्ध रहेको रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवले बताए । झुला र नाच हेर्न मन्दिरमा भक्तजनको साँझपर्ने वित्तिकै घुइँचो लाग्ने उनको भनाइ छ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने उनले जानकारी दिए। जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराएको इतिहासमा उल्लेख छ । 

‘सुरकिशोरको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरको स्थापना भई विभिन्न उत्सवको सुरुवात भएको थियो । सुरकिशोरले माता जानकीलाई पुत्री मान्दथे । उनले कहिलेकाहीँ जानकीसँग कुराकानी गर्ने गरेको र माता जानकीको सल्लाहमा आदी महन्त सुरुकिशोरले यस उत्सवको प्रारम्भ गरेको धार्मिक विश्वास छ’, जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले भने । 

सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको इतिहासकार बताउँछन् । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : २० बजे

‘जलवायु संकट समाधानमा अन्तरदेशय सहकार्य आवश्यक’

काठमाडौं–  जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित

बौद्धमा मनाइयो रोपाई जात्रा तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामाथि सुनुवाइ

ढाका- बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त

कुलिङ पिरियडमा गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सभामुखले थाले छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८०

अर्की टिकटकर पनि फिल्ममा डेब्यू गर्दै

काठमाडौं – टिकटकबाट चर्चामा आएर ठूलो पर्दाको अभिनयमा होमिने कलाकारको