सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ : मन्त्री गुरुङ « Khabarhub

सुशासनका लागि बेथितिको अन्त्य जरुरी छ : मन्त्री गुरुङ


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जुन क्षेत्रमा बेथिति र राजनीतिकरण हुन्छ त्यसलाई तत्काल अन्त्य गर्नु जरुरी रहेको बताएका छन् । 

उनले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) को आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २७ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बेथिति र राजनीतिकरणले कुनै पनि विकास तथा योजना सफल नहुने भएकाले तत्काल त्यस्ता गतिविधिको अन्त्यको आवश्यकता औँल्याए।  

‘सुशासनका लागि बेथिति र राजनीतिकरणको अन्त्य जरुरी छ, यी तत्त्वहरू हरेक विकासका बाधक हुन्, यसले मुलुकलाई राम्रो गर्दैन’, उनले भने। उनले राजनीतिक स्थायित्व र विकासका लागि यो सरकार बनेको उल्लेख गर्दै सरकार आगामी चुनावसम्म जाने विश्वास व्यक्त गरे। उनले भने, ‘सरकारले एक सय दिनमा दीर्घकालीन महत्त्वका काम गर्नेछ ।  छ महिनासम्म सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई रफ्तारमा लागि सक्ने छ ।’ उनले वर्षौंसम्म राष्ट्रिय सहमति नभएको शान्ति प्रक्रियाको बाँकी काम बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक) निर्माण सहमति यो सरकारको पहिलो र ठूलो उपलब्धि मानिएको बताए।

मन्त्री गुरुङले खेल क्षेत्रमा नाम र दाम कमाउने मात्र नभई पर्यटनमैत्री, अनुशासित र पहिचानमैत्री हुनुपर्ने बताए। 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ५० बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा