उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता, ससहकार्यबारे छलफल | Khabarhub Khabarhub

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता, ससहकार्यबारे छलफल


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पीयूष गोयलबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

सो अवसरमा उनीहरूबीच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । 

चामल तथा चिनीलगायत खाद्य सामग्री नेपाल-भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनीहरूबीच सचिवस्तरीय बैठक राख्ने विषयमा छलफल भएको र सो सम्बन्धमा दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ । 

नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराएका थिए। 

भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाल–भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिए। त्यसैगरी आजै मन्त्री भण्डारी र भारतका पेट्रोलियममन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको थियो । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : ०२ बजे

नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही– प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।

इरानमा बस पल्टिँदा ५४ जना घाइते

तेहरान– इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान

आपराधिक समूह र गुण्डागर्दीविरुद्ध प्रहरीले उपत्यकामा विशेष अपरेशन चलाउने

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संघीय राजधानी सहर

न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं– संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम

इन्डेक्स एक्सचेन्जबाट रेमिट्यान्स पठाउनेले जित्न सक्छन् घर

दुबई- यूएईस्थित इन्डेक्स एक्सचेन्जले आफ्ना ग्राहका लागि नयाँ योजना ल्याएको