हेलिकप्टर दुर्घटनामा परेका सबैको शव घटनास्थलबाट उठाइयो (तस्बिरहरू) « Khabarhub

हेलिकप्टर दुर्घटनामा परेका सबैको शव घटनास्थलबाट उठाइयो (तस्बिरहरू)


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


17.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका पाँचैजनाको शव काठमाडौं ल्याइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको उद्धार टोलीले पाइलट अरुण मल्ल र चारजना चिनियाँ पर्यटकको शव घटनास्थलबाट निकालेका हुन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलबाट निकालेर सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए ।

एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनामा परेको थियो ।

त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

तस्बिर : नेपाल  फाेटाे लाइब्रेरी 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : २० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपामा प्रवेश गर्नेबित्तिकै बहकिएका अमरेशले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले बालेन्द्र

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’