विद्यार्थीमा डेङ्गु संक्रमण देखिएपछि तनहुँका दुई विद्यालय बन्द « Khabarhub

विद्यार्थीमा डेङ्गु संक्रमण देखिएपछि तनहुँका दुई विद्यालय बन्द


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेङ्गु सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । उनले भने, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेङ्गु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।”

कुँवरले डेङ्गु सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे । आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : १८ बजे

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब

अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते

बारा – बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर