जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै | Khabarhub Khabarhub

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।

पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए । “रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो”, अरुणका भतिज रिम मल्लले भने, “काका (अरुण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ ।”

मल्लको भगवतीमा रहेको पुख्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो । पुख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवा निवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रहेको छ ।

अरुणका एक जना दाजु र तीन जना दिदिबहिनी छन् । बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरुणका दुई छोरी छन् । उनीहरूको पनि विबाह भइसकेको छ । अरुणको परिवार हाल ललितपुरमा बस्ने गरेका उहाँका साथी कर्णबहादुर भण्डारी(केबी) ले बताए ।

“म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पु¥याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति नै अरुण मल्ल हुनुहुन्थ्यो”, भण्डारीले भने, “रघुगङ्गा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एक जना अनुभवी, साहसी पाइलट गुमाएको महसुस भएको छ ।”

करिब ३० वर्षदेखि हेलिकप्टर उडाउँदै आउनुभएका अरुणले म्याग्दीबाट विसं २०५६ मा निर्वाचित सांसद रहेका स्वर्गीय नारायणसिंहको कर्णाली एयरको हेलिकप्टर उडाएका थिए । द्वन्द्वकालमा हेलिकप्टर उडाएका मल्लले हेली उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गरे ।

गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकप्टर चढेर गएका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायब सुब्बा ज्ञानदीप विश्वकर्मा (कुशल) ले उनी अनुभवी र शाहसी पाइलट भएको स्मरण गरे ।

मृदुभाषी र आँटिला स्वभावका अरुणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेसी उडेको एयर डाइनेष्टिको उक्त हेलिकप्टर मल्लले उडाएका थिए ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ४६ बजे

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका

इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो 

काठमाडौं– इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमा बसेको छ । महानगरको

लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि