हसिनालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह « Khabarhub

हसिनालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

ढाका – बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए) का अध्यक्ष एएम महबूब उद्दिन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बंगलादेशमा सुपुर्दगी गर्न आग्रह गरेका छन्।

एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोस जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए

बङ्लादेश नेशनलिस्ट पार्टी (बिएनपी)का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गर्नुभएको छ भने आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गरेका छन् ।

बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान् सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य बनेकी थिइन् ।

यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ५४ बजे

सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं– सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दर्ता गरेको रिटमा

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

प्रलोपाले विभिन्न माग राखेर प्रधानमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार

मधेशमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म दाबी पेश गर्नुपर्ने 

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि

सुरक्षाको प्रत्याभूतिसँगै नीतिगत स्थायित्वका लागि मुख्य सचिवसमक्ष चेम्बरको सुझाव

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालसँग आज