पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल « Khabarhub

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका छन् । 

उनले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका हुन् । 

मन्त्री पौडेलले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यसै वर्षदेखि एमबीबीएस अध्ययनको तयारी भइरहेको पनि जानकारी दिएका छन् । 

‘अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन–अध्यापनको सुरुवात हुने भएको छ,’ पौडेलले लेखेका छन्, ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यसै वर्षदेखि एमबीबीएस अध्ययन–अध्ययापन गराउने गरी तयारी भइरहेको छ ।’

मन्त्री पौडेलले आफूले सार्वजनिक गरेको प्राथमिकता र कार्ययोजनामा समावेश नीति तथा कार्यक्रमअन्तर्गत एमबीबीएस अध्ययनको तयारी भएको र नीति तथा कार्यक्रमलाई अन्य अस्पतालमा समेत विस्तार गर्दै लगिने उल्लेख गरेका छन् ।  

‘मन्त्रालयको स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् दक्ष जनशक्ति उत्पादन गर्ने तथा हामीले सार्वजनिक गरेको प्राथमिकता र कार्ययोजनामा समावेश गरेको ३०० शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको अध्ययन–अध्यापन प्रक्रिया सुरु गर्ने विषयलाई कार्यान्वयन गर्दै जाने नीति तथा कार्यक्रमअन्तर्गत मन्त्रालयकै आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भनेका छन्, ‘यस नीति तथा कार्यक्रमलाई अन्य अस्पतालमा समेत विस्तार गर्दै लगिने छ ।’

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १ : ४७ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था