प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा  वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट एक करोड, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट एक करोड, प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट एक करोड र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी, प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । 

सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सम्बद्ध सबैलाई धन्यवाद दिए।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : २० बजे

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक

सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने