प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा आएका मुइज्जुले सोमबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।

यस क्रममा मोदी र मुइज्जुले भिडियो लिंक मार्फत मालदिभ्सको हनीमाधु अन्तर्राष्ट्रिय विमानस्थलको हवाई पट्टीको उद्‌घाटन पनि गरेका थिए ।

भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ- ‘दुई देशबीचको सम्बन्ध शताब्दियौं पुरानो छ र भारत माल्दिभ्सको सबैभन्दा नजिकको छिमेकी र नजिकको मित्र हो। हाम्रो छिमेकी पहिलो नीति र सागर भिजनमा माल्दिभ्सको महत्त्वपूर्ण स्थान छ। भारतले सँधै माल्दिभ्सको लागि पहिलो प्रतिक्रियाकर्ताको भूमिका खेलेको छ। माल्दिभ्सका जनताको आवश्यकता पूरा गर्ने होस्, प्राकृतिक प्रकोपको बेला पिउने पानी उपलब्ध गराउनु होस्, कोभिडको समयमा खोप उपलब्ध गराउनु होस्, भारतले सँधै छिमेकी भएको नाताले आफ्नो जिम्मेवारी पूरा गरेको छ ।’

यस क्रममा मोदीले विकास साझेदारी हाम्रो सम्बन्धको महत्वपूर्ण स्तम्भ भएको बताए । उनले भारतले सँधै माल्दिभ्सका जनताको प्राथमिकतालाई प्राथमिकता दिएको पनि बताए ।

यो वर्ष एसबीआईले माल्दिभ्सको १० करोड अमेरिकी डलर ट्रेजरी बिलहरू रोल गरेको छ । आज माल्दिभ्सको आवश्यकता अनुसार ४० करोड डलर ३ हजार करोड रुपैयाँको मुद्रा आदानप्रदान सम्झौता पनि भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ५९ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित