अर्थसंक्षेप : ३७ अंकले बढ्यो सेयर बजार, बाढीमा मृत्यु भएकाको परिवारलाई २ लाख राहत | Khabarhub Khabarhub

अर्थसंक्षेप : ३७ अंकले बढ्यो सेयर बजार, बाढीमा मृत्यु भएकाको परिवारलाई २ लाख राहत


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई दुई लाख राह प्रदान गरिएको छ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

त्यस्तैगरी, कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । र, बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ ।

यस्ता छन आजका प्रमुख आर्थिक समाचारहरुः

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से

सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा २७०० विन्दु पार गरेको बजार पुनः १६०० को विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि–ओपन सेसनमा ३ अंकले बढेर सुरु भएको शेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो । बजार बढेर ३ पटक सम्म २७०० को विन्दु पार गरेको थियो । तर बजार बन्द हुँदा भने नेप्से बढेर २६९० विन्दु कायम भएको हो । आज बजारमा एक पटक पनि घटेको थिएन ।

बाढीमा परेर मृत्यु भएकाको परिवारलाई दुई लाख प्रदान

यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई दुई लाख राह प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर दुई लाख प्रदान गरेका हुन् । यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उनको शव भेटिएको थियो ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरूको महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभरि चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो ।

चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए । ‘चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना कार्यान्वयन गर्न÷गराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूबाट उल्लिखित सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ’, उनले भने, उनका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् ।

प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ । प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने भएकाले प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न नगर कार्यपालिकाले निर्णय गरी सर्वसाधारणमा सुसूचित गराएको छ ।

‘नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत, छठ पर्वलगायत विभिन्न महोत्सव तथा अन्य सभा–समारोहमा प्लास्टिकजन्य फूलगुच्छा, मालालगायत सामग्रीको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न–नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै सूचनामार्फत नगर क्षेत्रभित्र उत्पादन भइरहेको सयपत्री, गोदावरी, मखमलीलगायत फूलहरू एवं सोबाट बनेका मालाहरू मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याए । तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए । मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो ।

एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताए । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ । गत वर्ष रोज्जा च्याङ्ग्रालाई रु ५५ हजारमा बिक्री गरेको बताउँदै यो वर्ष रु ४५ हजारमा बिक्री गरिरहेको बताए ।

‘छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्ग्रा बिक्री भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फष्टाएको छ’, गुरुङले भने, ‘परम्परागतरुपमा पाल्दै आएको च्याङ्ग्रा बिक्रीका लागि आफैँ बिक्री गर्दै आएको छु, आफैँ च्याङ्ग्रा उत्पादन र आफैँ बिक्री गर्दा नाफा धेरै हुन्छ ।’ कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ । च्याङ्ग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिए ।

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए ।

‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ’, उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।’ भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर एक लाख ७५ हजार आम्दानी गरेको बताए ।

एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम गर्नेछ । एडीबीले महाराष्ट्र दिगो जलवायु–प्रतिरोधी तट संरक्षण र व्यवस्थापन परियोजनाले तटीय क्षयिकरण र नदी किनार संरक्षण समाधानहरू गर्ने बताएको छ ।

तटीय चट्टानहरू, समुद्र तट संरक्षण र वृक्ष रोपणको पुनःस्थापना र समुन्द्री तटलाई स्थिर बनाउन आवश्यक कार्य यो परियोजनाको जिम्मेवारी हो । बैङ्कले तटीय पूर्वाधार व्यवस्थापन एकाइ स्थापना गरेर तट व्यवस्थापन योजनामा महाराष्ट्र समुद्री बोर्डको क्षमता निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता गरेको छ । यस परियोजनामार्फत लैङ्गिक समानता र सामाजिक समावेशीकरण, तटीय व्यवस्थापन र जीविकोपार्जनका गतिविधिहरूमा क्षमता निर्माणलाई सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : ५८ बजे

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो

महानगरको बजार अनुगमन : २२ वटा पसलमा भेटिए म्याद गुज्रिएका सामान

काठमाडौं– काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिनमा १३० वटा