रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड « Khabarhub

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण गरेका छन् ।

उनले आज यहाँको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र)मा थन्क्याइएका आठ वटा वाष्प इन्जिनको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मुख्यमन्त्री सिंहले ऐतिहासिक महत्त्वका वाष्प इन्जिनको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटनसँग जोड्न रेल्वे सङ्ग्रहालय स्थापनामा जोड दिँदै सोका लागि सङ्घ सरकार तथा अन्य सम्बद्ध सङ्घीय निकायसँग पहल गर्ने बताए । उनले सङ्ग्रहालय स्थापनासँगै खजुरी क्षेत्रलाई विभिन्न मार्गबाट जोड्ने पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

विश्वको परिवहन विकासक्रमको इतिहासमा ती इन्जिनको अवलोकन तथा पुरानो रेल्वे प्रविधिको अध्ययन गर्न सङ्ग्रहालय स्थापना गर्न सके संसारभरकै पर्यटकका लागि गन्तव्य बन्ने विश्वास उनले व्यक्त गरे ।

“सडक तथा यातायात विकसित नहुँदा सय वर्षअघि नेपालमा रेल्वे सञ्चालनमा आएको इतिहास जर्गेना गर्न र त्यसमार्फत मधेसको तत्कालीन सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था बुझ्न सङ्ग्रहालयले मद्दत गर्नेछ”, मुख्यमन्त्री सिंहले भने ।

भारतबाट गोलिया काठ ओसार्ने उद्देश्यले विसं १९९४ मा सुरु भएको जयनगर–जनकपुर–विजलपुरा रेलसेवा सञ्चालनका लागि ती इन्जिनको प्रयोग गरिएको थियो । जनकपुर–जयनगर रेलसेवाका लागि डिजल इन्जिन आएपछि र विसं २०७० मा ब्रोडगेज रेल्वे सञ्जाल विकास भएपछि वाष्प इन्जिन प्रयोगविहीन भएको हो ।

खजुरीस्थित रेल्वेका वाष्प इन्जिन नेपालका अतिरिक्त भारत र बेलायतमा मात्र छन् । महावीर, पशुपति, गुह्येश्वरी, राम, सीता, जानकी आदि नेपालका महत्वपूर्ण धार्मिकस्थल तथा धार्मिक विभूतिका नाउँ दिइएका ती इन्जिनको संरक्षण गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडले इन्जिन राखिएका क्षेत्रमा केही समयअघि देखि घेराबेरा लगाउन सुरु गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ०१ बजे

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल