रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की « Khabarhub

रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की

विपक्षीको पोस्टमा बार्सिलोनाको पाँच गोल


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा बार्सिलोनाले रेड स्टार बेलग्रेडलाई ५-२ ले हराएको छ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यो दुई गोलसँगै लेवान्डोस्कीले सिजनका सबै प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन्।

उनी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि च्याम्पियन्स लिगमा सय गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन्।

१३ औँ मिनेटमा इनिगो मार्टिनेजले गरेको गोलको विरुद्धमा रेडस्टारका सिलास काटाम्पे एमबुपाले गोल गरेका थिए।

मध्यान्तरको ठिक अघि लेवान्डोस्कीले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाएका हुन्। दोस्रो हाफको सुरुवातमा लेवान्डोस्की र राफिन्हाले गोल गरे। फर्मिन लोपेजले बार्सिलोनाका लागि थप गोल गरे। वैकल्पिक खेलाडी मिलसनले रेडस्टारका लागि अन्तिम गोल गरे।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : १९ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको