डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

डा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं डा.ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो ।

विशेषज्ञ चिकित्सक, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको समूहले बलवा नगरपालिकाको ग्रामीण भेगका न्यून आय भएका तथा सीमान्तकृत समुदायका मानिसको मुटुरोग, मधुमेह, उच्च रक्तचाप, कोलस्टोरेललगायतका जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श दिएको थियो ।

शिविरमा इको, इसिजी, सुगर जाँच गरी एक महिनासम्मका लागि निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । शिविरमा स्थानीयवासीलाई खानपान, स्वास्थ्यसम्बन्धी सचेतना गराइएको फाउन्डेशनले जनाएको छ । बुधबार सम्पन्न शिविरमा तीन सय बढीले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा आएका ४० वर्ष उमेर समूहका महिलाहरूमा मधुमेहको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा। ओम मूर्ति अनिलले बताए। 

उनले भने, ‘उहाँहरूमा मोटोपना थिएन, पारिवारिक पृष्ठभूमिमा पनि मधुमेह थिएन, सामान्य खानपान र स्वस्थ जीवनशैली अपनाएका थिए । तथापि, समस्या देखियो ।’

शिक्षा तथा समाजसेवी स्वर्गीय तेजनारायण सिंहले आफ्नो जन्मस्थान धमौराको शिक्षा, कृषिको विकास तथा न्यून आय भएका तथा सीमान्तकृत समुदायको आयआर्जन बढाउन विभिन्न क्रियाकलाप गरेका थिए । उनले २०२७ सालमा आफ्नै जमिनमा विद्यालय स्थापना गरी दुई दशक बढि व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए । उक्त विद्यालय हाल जनता राष्ट्रिय उच्च माविका रूपमा सञ्चालनमा छ । सो विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । 

सिंहले साना किसानहरूको आयआर्जन बढाउन नगदेबाली तथा आधुनिक खेती गर्न किसानलाई सहजीकरण गरेका थिए । स्वर्गीय पिता तेजनारायणबाट प्रेरित भएर मुटुरोग विशेषज्ञ डा. अनिलले सन् २०२३ मा स्थापना गरेको उक्त फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति कार्य गर्दै आएको छ । 

उनले बुबा स्वर्गीय तेज नारायण सिंहसँगको सामिप्यता, आमाबुबाप्रतिको समर्पणभाव, पारिवारिक सम्बन्धका बारेमा लेखेको पुस्तक जीवन्त सम्बन्ध ३० हजार बढी प्रति बिक्री भएको छ । सो पुस्तकको बिक्रीबाट प्राप्त रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गर्दै आएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : २६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको