नाग्म–गमगडी सडक कालोपत्र गर्न माग « Khabarhub

नाग्म–गमगडी सडक कालोपत्र गर्न माग


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ। 

मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म–गमगडी सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या भइरहेको भन्दै तत्काल कालोपत्र गर्नुपर्ने माग गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यहाँसम्म पुग्ने पर्यटकलाई यात्रा गर्न सास्ती भइरहेकाले तत्काल कालोपत्र गरेर यात्रा सहज र सुरक्षित बनाउन सङ्घीय सरकारसँग माग गरिएको बताए। बुधबार बसेको पालिकास्तरीय सर्वपक्षीय बैठकले नाग्म–गमगडी सडकको सुरुको बिन्दुबाट कालोपत्रको काम अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए।

‘उक्त खण्डको बीच भागमा कालोपत्र गरिएको छ । सुरुको विन्दुमा खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भइरहेकाले तत्काल कालोपत्र सुरु गर्न मागसहित अनुरोध गर्ने निर्णय गरेका छौँ’, अध्यक्ष शाहीले भने। सुरुबाट कालोपत्र हुनुपर्नेमा बीचमा केही किलोमिटर मात्रै कालोपत्र गरिएकाले थप समस्या भइरहेको उनले बताए।

अध्यक्ष शाहीले भने, ‘नाग्मबाट गमगडीसम्मको ९३ किलोमिटरमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पर्यटकलाई उक्त सडक भएर आवतजावत गर्न सास्ती भइरहेको छ । सो सडकका केही भागमा खाल्डाखुल्डी हुँदा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको जनगुनासो आइरहेका छन् ।’ 

पालिकाभित्रका विभिन्न राजनीतिक दलहरूको साझा बैठक आह्वान गरेर नाग्म–गडी सडक कालोपत्र गराउन राज्यसँग पहल गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए। 

“सडक डिभिजन कार्यालयलाई कालोपत्र सुरुको विन्दुबाट गर्न माग गर्दछौँ । सङ्घ र प्रदेश सरकारलाई बजेट व्यवस्थापनको लागि आग्रह गरेका छौँ”, उनले भने।

सडकमार्ग हुँदै राराताल आउने, जाने पर्यटकको यात्रा सहज र सुरक्षित बनाउन राज्यको ध्यान जान नसकेको भन्दै तत्काल सडक सुधार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय नेता अम्मराज शाहीले बताए। 

‘विसं २०६९ देखि सञ्चालनमा आएको यो सडकमा हालसम्म छ किलोमिटर सडकको बीचको खण्डमा मात्रै कालोपत्र भएको छ । तत्काल सुरुको विन्दुबाट कालोपत्र गरी आवागमन सहज बनाउन सबैले समन्वय र सहयोग गर्नु आवश्यक छ’, उनले भने।

सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण कालोपत्र गर्न कठिन भइरहेको जनाएको छ । सर्वपक्षीय बैठकले सडक कालोपत्रका साथै सामाजिक कुरीति र कुसंस्कार विरुद्ध ऐक्यबद्धता जनाउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ । विसं २०७९ मा आएको बेमौसमी बाढीले राजमार्गमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ४ : २३ बजे

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र