तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड : विभिन्न देशका १२ सय प्रतियोगी सहभागी हुने « Khabarhub

तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड : विभिन्न देशका १२ सय प्रतियोगी सहभागी हुने


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

पोखरा– ‘रन फर कमन प्रस्पेरिटी’ भन्ने नारासहित पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड प्रतियोगितामा १२ सयजना सहभागी हुने भएका छन् ।

१९ लाख ३८ हजार एक सय नेपाली रुपैयाँ पुरस्कार राखिएको प्रतियोगितामा टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन दौडसहित चार क्याटेगरी तय गरिएको छ । प्रतियोगितामा नेपाल र विदेशकासहित १२ सय प्रतियोगी सहभागी हुने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ्बाट १३४ सदस्यीय खेलाडी र समर्थकको टोली सिचुवान एयरको जहाजबाट पोखरा पुगिसकेको छ।

यस प्रतियोगिताले पोखरा र समग्र नेपालको पर्यटनमा सहयोग गर्ने अपेक्षा आयोजकले राखेका छन् । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिले कार्यक्रम सफलताको कामना गरे । उनीहरूले यस प्रतियोगिताले नेपालको पर्यटनमा सकरात्मक प्रभाव पार्ने बताए ।

यो प्रतियोगितालाई पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरमको आयोजनामा भइरहेको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषदसहितले पनि साथ दिएका छन् ।

यो प्रतियोगितामा चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, कुनमिङ विदेशी मामिला कार्यालय, कुनमिङ खेल महासंघ र कुनमिङ पिपल्स एसोसिएसन फर फ्रेण्डसिप विथ फरेन कन्ट्रिज सहभागी छन् ।

हिमालयन टुरिजम फोरम- पोखरा, चीनको युनान माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र कुनमिङ माउन्टेनियरिङ एण्ड एड्भेन्चर एसोसिएसनले प्रतियोगिता आयोजनाको नेतृत्व गरेका छन् ।

यस प्रतियोगितालाई सफल बनाउन बुद्ध एअर, प्राइम अजोड इन्स्योरेन्स, वार हर्स भिटामिन वेभरेज र रेबट स्प्रिङ मिनरल वाटरले पनि साथ दिएका छन् । यस प्रतियोगिता शनिबार बिहान साढे ७ बजे सुरु हुने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : ४८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले