‘कांग्रेसले भ्रष्टाचारी र कानुन तोड्नेको बचाउ गर्दैन’ | Khabarhub Khabarhub

संवाद

‘कांग्रेसले भ्रष्टाचारी र कानुन तोड्नेको बचाउ गर्दैन’



नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सकिएको तीन वर्ष भयो । तर नेतृत्वको कार्यशैली प्रजातान्त्रिक बन्न नसक्दा अरु त अरु; केन्द्रीय समिति समेत आजका दिनसम्म अपूर्ण छ । भातृ संस्थाहरू छिन्नभिन्न अवस्थामा छन् । शुभेच्छुक संस्थाहरू अस्तव्यस्त छन् । तै पनि नेपाली कांग्रेसको नेतृत्वको अर्जुनदृष्टि निरन्तर सरकारमा छ । के कांग्रेसको पहिलो र अन्तिम गन्तव्य भनेकै सत्ता हो ? ०८४ मा कांग्रेसले कस्तो अवस्था झेल्नुपर्ला ? उपनिर्वाचनको परिणामलाई उसले कसरी हेरेको छ ? यी नै विषयमा जोडिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंशः

कांग्रेस छिन्नभिन्न भएको हो त ?

छिन्नभिन्न हुन लाग्या हो कि ओरालोको यात्रामा, हामी जानेर/नजानेर फस्दै पो छौँ कि भन्ने कुराको बेलैमा अनुभूति भएर नै सच्याउने बाटोमा अगाडि बढ्दै गएको छ ।

खासगरी महासमिति बैठकबाट जे जे कुरामा कांग्रेसभित्र एउटा अन्यौल थियो, दुई संगठनमा असन्तुष्टिहरू थियो – त्यो सबै अहिले राम्रो भएको छ । यसरी हेर्दा कांग्रेस अब उकालो उक्लिँदै गरेको अवस्थामा छ ।

अहिलेकै गतिमा जुन रूपमा नेपाली कांग्रेस उकालो उक्लिँदैछ तपाईँकै भाषामा, पार्टी पदाधिकारीका सन्दर्भ पनि आए । यो बीचमा मनोनयन भएकाहरूको कुरा पनि आए । यी सबै परिदृश्य हेर्दा हामी यहाँ हुन्छौँ भनेर अनुमान त गर्नुभएको होला नि ?

हामी जुन कुरालाई महसुस गरेर, आफूलाई सच्याएर अब संगठनलाई नीतिगत रूपबाट पनि, पार्टीको विधानमा आवश्यक परिमार्जनका हिसाबले पनि संगठनलाई कार्यक्रममुखी बनाएर लैजाने कुरामा अहिले एउटा परिवर्तित मोडबाट अगाडि बढिरहेको अवस्था छ ।

त्यसकारण; अब हिजो गठबन्धन गर्न ठीक कि बेठिक ? सिद्धान्त, विचार र आदर्श कतै नमिल्ने पार्टीहरूसँग किन गठबन्धन ? सोलोडोलो मुलुकभरिकै कसैलाई मुटु, कसैलाई कलेजो भनेर बाँड्ने प्रवृत्ति ठीक कि बेठिक भन्ने कुरा पार्टीभित्र बहसमा थियो ।

साँच्चै भन्ने हो भने धेरै ठूलो असन्तुष्टि थियो । जसले नेपालमा नेपाली कांग्रेस जस्तो विचारको, दर्शनको राजनीति सुरु गर्‍यो, अगाडि बढायो – त्यो पार्टी क्षणिक स्वार्थका लागि बिग्रिनु हुँदैन, अलमलिनु हुन्न भन्ने कुरा महसुस गरिएको छ ।

सानातिना तालमेलका कुरा राजनीतिमा जहिल्यै हुन्छ । तर, सोलोडोलो गठबन्धनमा हामी जाँदैनौँ भन्ने कुरा गरिसकेपछि तलसम्म साथीहरूमा एउटा उत्साह आएको छ ।

उपनिर्वाचनमा पनि सबै ठाउँका साथीहरू एकचित्त भएर लाग्नुभयो । टिकट नपाउने पनि आफूले टिकट पाए बराबर गरेर लाग्नु क्रियाशील हुनुभयो । कांग्रेसको जीवनमा गजबको सुधार देखिराखेको छु मैले त   

अहिले पार्टीभित्र पनि विभिन्न अभियानहरू चलिरहेका छन्‌ । जसमा अहिले १०० दिने अभियानका क्रममा जो जति केन्द्रीय नेताहरू जिल्ला जिल्लामा जानुभएको छ – त्यहाँ उहाँहरूलाई निश्चित टीओआर (कार्यादेश) दिइएको छ ।

पार्टीको क्रियाशील सदस्यता वितरणका विषयमा, सदस्यता निर्माणका विषयमा स्थानीय तहमा पार्टी नेतृत्व र जनप्रतिनिधिका बीचमा हार्दिकता निर्माणका लागि संयन्त्र निर्माण गर्ने जति पनि हामीकहाँ बीच देखेका समस्या छन् – त्यसलाई समाधान गर्दै जाने पनि विशिष्ट प्रावधान र व्यवस्थाहरू गरेर हामी अगाडि बढिरहेको अवस्था छ ।

परिस्थिति राजनीतिक रूपले अगाडि बढ्दा/नबढ्दा, सुषुप्त हुँदा, तीव्र हुँदा जे हुँदा होस् – नेपाली कांग्रेस अहिले ७७ जिल्लामा चलायमान भएर अगाडि बढिराखेको छ ।

अहिले मुलुकले खोजेको भनेको बलियो नैतिकता र अधिकार भएको नेतृत्व हो । सबै बुद्धि एकै मान्छेसँग नहोला, तर राम्रा मान्छेलाई राम्रो ठाउँ दिएर उनीहरूको बुद्धिबाट देश चलाउँछु भन्ने माहोल चाहियो  

शुभेच्छुक संस्थाहरूमा पनि धेरै समस्या छैन । उनीहरू पनि नियमित अधिवेशन गरेर अगाडि बढिरहेका छन् । त्यसको परिणाम पनि देख्न सक्छौँ । इन्जिनियरिङ एसोसिएसनमा कांग्रेस समर्थक साथीहरूले जितिरहेका छन् । अन्य संस्थाहरूमा पनि अगाडि बढिरहनु भएको छ ।

भातृ संस्थाहरूको थोरै समस्या हो । त्यसमा पनि केही भातृ संस्थाहरूको गतिविधि गतिशील रूपमा अघि बढिरहेको छ । जस्तो – प्रजातन्त्र सेनानी संघको जिल्ला जिल्लामा अधिवेशन राम्रोसँग भइरहेको छ । आदिवासी जनजाति महासंघले त अधिवेशन पनि गरिरहेको छ । त्यसैले ०८४ सम्म पुग्दा जनताले चाहेको जस्तै कांग्रेस पाउनुहुन्छ ।

सय दिने अभियान सँगसँगै पृष्ठभूमिमा गुटगत गतिविधिले तीब्रता पाएको छ । सभापतिको निर्देशन विपरीत नेता शेखर कोइरालाले विराटनगरमा शक्ति प्रदर्शन गर्नुभयो । कांग्रेसले जिन्दगीभर गुटको चश्मा नखोल्ने भयो, हैन त ?

कसैमा पुरानो धङधङी बाँकी छ भने त्यो मानवीय स्वभावको कुरा भयो । आम पार्टीको कुरा गर्दा हाम्रो यात्रा भइरहेको छ । झारो टार्ने खालको हाम्रो यात्रा छैन । हामीलाई दिएको जिम्मेवारी अन्तर्गतका काम पूरा गर्ने अभियानमा छौं । जिल्ला नेतृत्व पनि मेहनतपूर्वक खटिरहेको छ ।

उपनिर्वाचनमा पनि सबै ठाउँका साथीहरू एकचित्त भएर लाग्नुभयो । टिकट नपाउने पनि आफूले टिकट पाए बराबर गरेर लाग्नुभयो, क्रियाशील हुनुभयो । कांग्रेसको जीवनमा गजबको सुधार देखिराखेको छु मैले त ।

बर्लिनको पर्खालले पूर्वी जर्मनी र पश्चिम जर्मनीलाई छुट्याइ दिएको थियो । त्यो पर्खाल भत्किएपछि सिंगो जर्मनी जन्मियो । त्यस्तै कांग्रेसभित्र पनि महासमितिले लिएका निर्णय र पार्टीमा विभिन्न अभियानका कार्यक्रमहरू तेजका साथ अगाडि बढ्नुपर्ने थियो । यी सबै कुराले पार्टीभित्र जुन कृत्रिम बर्लिनको पर्खाल थियो – त्यो भत्किने काम सुरु भएको छ । यो ०८४ को चुनावसम्म जाँदा पूरा रूपमा पार्टी मजबुत हुनेछ ।

पार्टीभित्रको बर्लिनको पर्खाल चाहिँ के थियो ? रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएपछि त्यो पर्खाल भत्किएको हो कि कृष्ण सिटौलाहरूलाई राष्ट्रिय सभामा लगिसकेपछि भत्किएको हो ?

यो दुर्भाग्य हो कि नेपाली कांग्रेस एकपटक विभाजन भयो । त्यसपछि स्वाभाविक वल्लो कित्ता कि पल्लो कित्ता, वारि-पारिका कुरा भए । पार्टी एक ढिक्का हुँदा पनि कता कता एकताको महसूस नआएको अवस्था थियो ।

तर अहिले एउटा किसिमको मनोवैज्ञानिक जुन बर्लिनको पर्खाल निर्माण गरेको थियो – त्यो चाहिँ अब यो लामो अभ्यास र कांग्रेसभित्र पनि त मतलब यो कारणले गर्दा किन ओरालो लागि राखेको थियौँ ? किन क्षतितिर गइराखेको छौँ ? व्यक्तिले त लायक नालायक भए पनि लाभ लियौँ होला । तर समग्र पार्टी संकुचित हुँदै गएको छ भन्ने कुरा अनुभूति हुँदै गयो । पार्टीभित्र यो प्रविधि रहनु हुँदैन भन्ने कुराको प्रभाव पनि बलियो हुँदै गयो । अब व्यक्तिका नाममा जुध्ने काम छैन भन्ने मान्यता विकास हुँदै गएको छ ।

कांग्रेसतर्फ पनि कांग्रेसले आफूभित्र यदि कुने नेता वा कार्यकर्ता कुनै पनि किसिमको भ्रष्टाचारमा वा कुनै अनियमिततामा वा कानून तोड्ने कुरामा लागेका छन् भने तिनलाई कांग्रेसले जोगाएर बसेको छैन । तिनको लागि नारा जुलुस गरेर सडक तोडफोड गर्न गएको छैन । आरोप लागेकाहरूलाई पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याइयोस्  

अहिले पनि साथीहरूले सदस्यता लिने हो भने अनलाइनबाट नै सदस्यता लिन मिल्छ । त्यसको एक वर्ष पछि क्रियाशील सदस्य दाबी गर्न पाउनुहुन्छ । कांग्रेस भित्र रहेर केही गर्छु भन्ने साथीहरू अब सदस्यताबाट वञ्चित हुँदैनन् । तिनलाई अब वैचारिक रूपले कसरी सन्तुष्ट बनाउने भनेर केन्द्रीय नीति अनुसन्धान तथा परिषद् प्रतिष्ठानले कार्यक्रम गर्दै गरेको अवस्था छ ।

कांग्रेसतर्फ पनि कांग्रेसले आफूभित्र यदि कुनै नेता वा कार्यकर्ता कुनै पनि किसिमको भ्रष्टाचारमा वा कुनै अनियमिततामा वा कानून तोड्ने कुरामा लागेका छन् भने तिनलाई कांग्रेसले जोगाएर बसेको छैन । तिनको लागि नारा जुलुस गरेर सडक तोडफोड गर्न गएको छैन । आरोप लागेकाहरूलाई पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याइयोस् ।

नेकपा (एमाले)का लीलाबल्लभ अधिकारीको अनुहार नेपाली कांग्रेसका बालकृष्ण खाण र आरजु राणाहरूमा त देखिँदैन फेरि ?

राज्यको संयन्त्रहरूले चाहिँ खुट्टा कमाउने काम गर्नु हुँदैन, किनभने कानुनले उहाँहरूलाई जे अधिकार दिएको छ – त्यो अधिकार प्रयोग गर्न पाउनुहुन्छ । यदि कोही व्यक्ति कुनै पनि घटनामा दोषी देखिन्छन् भने त्यसको छानबिन गर्ने र कारबाही गर्ने निकायलाई रोक्न कांग्रेस बाधक बन्दैन ।

राज्य भनेको कसैको निजी सम्पत्ति हैन । नेपालको अस्तित्व कहिले देखि कसरी कुन हिसाबले कस्तो संघर्षबाट जोगिएर आएको छ सबैले बुझ्नु पर्छ ।

त्यो खालको प्रणालीले काम गरिदिएको भए त दलहरू जति बिग्रे पनि देश अगाडि बढिहाल्थ्यो नि ?

स्थापित गर्ने कुरामा अहिले पनि कतिपय कुरामा समस्या अथवा एकदम अरुचि जस्तो हो कि भन्ने कुरा खासगरी सत्तामा रहेका, सत्ता वरिपरि जाने सम्भावना भएका र सत्तामा बसेकाहरूमा देखिन्छ । किनकि गल्ती गर्नेलाई त्रास हुने हो ।

तर यही प्रकारबाट तिमिहरू गुज्रिन्छौँ भने तिमीहरू मात्रै सबै चिज हैन है भन्ने कुरा नागरिक समाजले खबरदारी गरेको देखिँदै आएको छ । हरेक पार्टीभित्र एउटा राम्रोतर्फ मुलुकलाई लैजानुपर्छ भन्ने मजबुत आवाज उठेको पाइन्छ ।

अहिले मुलुकले खोजेको भनेको बलियो नैतिकता र अधिकार भएको नेतृत्व हो । सबै बुद्धि एकै मान्छेसँग नहोला, तर राम्रा मान्छेलाई राम्रो ठाउँ दिएर उनीहरूको बुद्धिबाट देश चलाउँछु भन्ने माहोल चाहियो । यति भयो भने नेपाल जत्तिको मुलुक बन्न समय लाग्दैन ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : ०७ बजे

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

केप क्यानभेरल – नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं – केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक