भरतपुर महानगरको फराकिलो सडक (तस्बिरहरू) « Khabarhub

भरतपुर महानगरको फराकिलो सडक (तस्बिरहरू)


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्व-पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

वि.सं. २०७७ भदौदेखि यो सडक विस्तार थालिएको थियो । तर, बजेट पर्याप्त नहुँदा सडक विस्तारको ३० प्रतिशत काम बाँकी नै थियो । हाल सो बाँकी काम सक्न आवश्यक बजेट व्यवस्थापन गरी निर्माणलाई तीव्रता दिइएको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ ।

सुरुको सम्झौताअनुसार ०७९ फागुन १० भित्र सडक विस्तारको काम सकिनुपर्ने थियो । तर, आधा जति काममात्रै पूरा भएका कारण म्याद थपेर गत मङ्सिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ ।

मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोगेका छन् भने व्यापार-व्यवसाय चौपट भएको व्यवसायीहरूको गुनासो छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ५ : ३२ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको