भरतपुर महानगरको फराकिलो सडक (तस्बिरहरू) « Khabarhub

भरतपुर महानगरको फराकिलो सडक (तस्बिरहरू)


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्व-पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

वि.सं. २०७७ भदौदेखि यो सडक विस्तार थालिएको थियो । तर, बजेट पर्याप्त नहुँदा सडक विस्तारको ३० प्रतिशत काम बाँकी नै थियो । हाल सो बाँकी काम सक्न आवश्यक बजेट व्यवस्थापन गरी निर्माणलाई तीव्रता दिइएको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ ।

सुरुको सम्झौताअनुसार ०७९ फागुन १० भित्र सडक विस्तारको काम सकिनुपर्ने थियो । तर, आधा जति काममात्रै पूरा भएका कारण म्याद थपेर गत मङ्सिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ ।

मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोगेका छन् भने व्यापार-व्यवसाय चौपट भएको व्यवसायीहरूको गुनासो छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ५ : ३२ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ