दशौं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई « Khabarhub

दशौं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कालाई


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशौं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन् ।

शनिबार भएको म्याराथन अन्तर्गत ४२ दशमलव १९५ किलोमिटर दुरीको दौडमा उपाधिसँगै खड्काले दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । नेपाली सेनाकै राजन रोकाय द्वितीय र सेनाकै सुशील कुमार शाही तृतीय भएका छन् ।

द्वितीय भएका रोकायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेस्रो स्थान प्राप्त गरेका शाहीले ५० हजार रुपैयाँ पाए । २१ किलोमिटर हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् ।

उनले लगातार चौथो पटक उपाधि जितेकी हुन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै सागकी स्वर्णपदकधारी श्रेष्ठले फेरि उपाधि जितेकी हुन् । सुर्खेतकी विमला कार्की तृतीय भइन् । प्रथम भएकी सन्तोषीले ७५ हजार, द्वितीय भएकी पुष्पाले ५० हजार र तृतीय स्थान हासिल गरेकी विमलाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भएको म्याराथन कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि समापन भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ३ : ३० बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ