कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले पराजित  « Khabarhub

कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले पराजित 


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले दोस्रो जीत निकालेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जीत दर्ता गराएको हो ।

यसअघि कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जीत निकालेको थियो । दोस्रो जीत हात पर्ने क्रममा शनिबार कर्णाली याक्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरलाई ७ रनले पराजित गरेको छ ।

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो ।

विराटनगरलाई दिएको १३४ रनको लक्ष्य रोक्न कर्णाली याक्सका लागि नन्दन यादवले ३ र विपिनप्रसाद शर्माले २ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश सिंह ठकुरीले समान १–१ विकेट लिए ।

विराटनगरका लागि ३९ बल खेलेका निकोलस किर्तोनले ४० रन बनाए । लोकेश बमले ९ बलमा १९ र दीपक बोहराले १२ बलमा १८ रन जोडे पनि विराटनगरका अन्य खेलाडीले राम्रो योगफल तयार गर्न सकेनन् ।

उसका लागि मार्टिन गप्टिलले ४, बसिर अहमद र अकिब इलियासले समान ८–८, नरेन भट्टले ७ र कप्तान सन्दीप लामिछानेले ६ रनमात्र जोड्न सके । क्रिस सोल १ बल खेलेर शून्य रनमा आउट भए ।

यसअघि देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णाली याक्सले विराटनगर किङ्स सामु १३४ रनको लक्ष्य पेश गरेको थियो । कर्णाली याक्सका लागि देव खनालले ४८ बलमा ५३ रन बनाउँदा विलियम बोसिस्टोले कर्णाली याक्सका लागि ४९ बलमा ६६ रनको योगदान दिएका थिए ।

शिखर धवन ५ र चाणविक वाल्टन १ रनमै पभेलियन फर्किएका थिए । यस्तै गुलसन झा १ बल खेलेर बिना कुनै रनमा आउट भएका थिए । कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए । नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किनु परेको थियो ।

विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिएका थिए । अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : २१ बजे

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण