श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने « Khabarhub

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ । श्रीलङ्काका मन्त्रिपरिषद्का प्रवक्ता विजिता हेरथले आगामी ब्रिक्स सम्मेलनमा आफ्नो देशले सदस्यका लागि आपिल गर्ने बताएका हुन्‌ ।

सन् २०२४ अक्टोबर २२ देखि २४ सम्म रुसको काजानमा ब्रिक्स शिखर सम्मेलन हुँदैछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको भए पनि घरेलु कारणले गर्दा सहभागी हुन नसक्ने हेराथले बताए ।

परराष्ट्र मन्त्रालयका सचिव र अधिकारीहरूको टोलीले शिखर सम्मेलनमा श्रीलङ्काको प्रतिनिधित्व गर्नेछन्, जहाँ देशले औपचारिक रूपमा ब्रिक्स सदस्यता खोज्नेछ ।

श्रीलङ्काले छिट्टै सहयोगका लागि सबै ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूसँग सम्पर्क गर्ने योजना बनाएको हेराथले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।