अभिभावक शिक्षाको खाँचो | Khabarhub Khabarhub

अभिभावक शिक्षाको खाँचो



नेपालको वर्तमान शिक्षा प्रणालीले बालबालिकालाई नयाँ चिन्तनबाट शिक्षालाई अगाडि बढाउँदै व्यवहारिक ज्ञान र संस्कारसहितको शिक्षा प्रदान गर्न बिद्यालय तहको पाठ्यक्रम परिवर्तन गरेको छ । कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम लागू गरी समाजको वर्तमान अवस्थालाई सुधार गर्न बालबालिकाहरुलाई म, मेरो परिवारका सदस्य र मेरा सदस्यसँगको सम्बन्ध एवं कर्तव्यबारे शिक्षा प्रदान गर्न खोजिएको छ ।

हामी आधुनिक, बैज्ञानिक, प्राविधिक र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नाममा बोडर्स, होस्टेल, ट्युसन र राम्रो विद्यालयको खोजीमा महंगो शुल्क तिरिरहेका छौं । हामी अभिभावकले संस्कारबिनाको शिक्षाले बालबालिकाले गुणस्तरीय जीवन जिउने शिक्षा प्राप्त गर्न सक्दैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।

मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिनेछु भन्ने नेपोलियन बोर्नापाटको भनाइ निक्कै तर्कपूर्ण, बैज्ञानिक र व्यवहारिक देखिन्छ । पढ्न नजान्ने विद्यार्थी भनेर बिद्यालयवाट निकालिएका बालक आमाको प्रेरणावाट विश्व विख्यात बैज्ञानिक बन्न सफल भएका छन् ।

यी उदाहरणबाट बालबालिकालाई आमा तथा परिवारको माया, ममता, स्नेह र सकारात्मक पुनर्वलको अवास्थावाट मात्र संस्कारयुक्त जीवन उपयोगी शिक्षा प्राप्तगरी सफल व्यक्ति बन्न सक्छ । त्यसैले बालबालिका सफल बनाउन अभिभावकले निम्न खेल्नुपर्ने भूमिका देखिन्छ ।

जन्मपूर्वको आमाको अवस्था

गर्भदेखि नै आमाको खानपान, व्यवहार , सकारात्मक बानीले शिशुले पनि शारीरिक विकासको अवसर पाउँछ । बच्चा गर्भमा हुँदा आमाले खाने खाना, उनले सोच्ने र बोल्ने शब्द, मानसिक अवस्था, परिवारले आमालाई गर्ने व्यवहार आदिले शिशुको वृद्धि र विकासमा महत्वपूर्ण असर हुन्छ ।

शारीरिक क्रियाकलाप

हामी बच्चालाई प्रशस्त र स्वतन्त्र रुपमा खेल्नका लागि कन्जुस्याइँ गरिरहेका हुन्छौं । बच्चाको स्थूल अङ्गहरूको विकासका लागि ठूला मांशपेशी, हात, गोडा तथा पाखुराको सञ्चालन, समन्वय र सन्तुलन गर्ने क्रियाकलापहरू, जस्तै बल पास गर्ने, समात्ने र फाल्ने, दौडिने, उफ्रिने, घुम्ने, झुण्डिने पिङ खेल्ने, चिप्लिने आदि क्रियाकलापहरू गराउनुपर्छ ।

सूक्ष्म अङ्गहरूको विकासका लागि हातका औँलाहरू सञ्चालन, समन्वय र सन्तुलन गर्ने क्रियाकलापहरू, जस्तै खन्याउने, टिप्ने, गाँस्ने, च्यात्ने, उन्ने बुन्ने, छाम्ने आदि क्रियाकलापहरू गराउनुपर्छ ।

बौद्धिक विकासको अवसर

बालबालिकाको बौद्धिक विकासका निम्ति सरसफाइ, पोषिलो खाना, खेल, खेलौनाको आवश्यकता पर्नुका साथै रोगबाट पनि बचाउनुपर्छ । बिरामी भइरहेमा बालबालिकाको बौद्धिक विकासमा असर पर्छ ।
उमेरअनुसार उचित विकास नभएमा भविष्यमा आइपर्ने समस्यासँग जुध्न, सिर्जनशील र क्रियाशील हुन सकिँदैन ।

बौद्धिक विकास गराउन अभिभावकहरूले एकै किसिमको र फरक किसिमको वस्तु छुट्याउन, लामो छोटो छुट्याउन र गन्ती गर्न, साधारण चित्र हेरेर भन्न लगाउने, आवाज चिन्न लगाउने, व्यक्तिको अनुहार चिन्न, वस्तुको खोजी गर्न लगाउने, समस्या समाधान गर्ने खेलहरू खेल्न दिने, तर्क दिन लगाउने, समस्या समाधान गर्ने पजल जोडा जस्ता खेलहरू खेलाउने, प्रकृति तथा विभिन्न वस्तुको अवलोकन गराउनुपर्छ ।

भाषिक विकासको अवसर

भाषिक सीपको विकाश गर्न अभिभावकले बालबालिकासँग उमेर अनुसारको कुराकानी गर्ने, कथा-कविता सुनाउने, गीत गाउने, वस्तुको नाम बताउने, चित्र देखाएर बयान गर्ने र गर्न लगाउने गर्नुपर्दछ ।
प्रारम्भिक उमेरका बालबालिकालाई ध्यान दिएर उनीहरुका कुरा सुन्ने र बोल्न हौसला दिनुर्पछ ।

बालबालिकाले सुन्न, बोल्न, हेर्न-पढ्न र केरकार गर्ने अवसरले उनीहरूमा भाषिक विकासको आधार बन्दछ ।

“किताब हेर्ने” र यस बारेमा बताउनाले शिशु अवस्थादेखि नै किताब पढ्न रुचि राख्छन् । विभिन्न अनुसन्धानअनुसार सानैदेखि सुत्ने बेलामा कथा सुनाउनाले बालबालिकाको भाषिक विकास राम्रो हुन्छ ।

संवेगात्मक विकासको अवसर

शिशु गर्भभित्र रहँदादेखि नै आमाले सकारात्मक संवेगको विकासको वातावरण मिलाउनुपर्छ । जन्मनासाथ बालबालिकाले रोएर, हाँसेर, चिच्याएर, कराएर, रिस देखाएर आफ्नो मनमा भएको संवेग व्यक्त गर्छन् । बालबालिका आमाबुबा, परिवार, आफन्त, साथीभाइ र छर छिमेकीबाट सधैँ माया, स्नेह पाउने आशामा रहन्छन् । माया, ममता, स्नेह, स्यावासी, प्रोत्साहन बालबालिकाको संवेगात्मक विकासका आवश्यक तथा आधारभुत तत्वहरू हुन् ।

यदि बालाबालिअकाले उनीहरुले आशा गरेजस्तो माया स्नेह पाउन सकेनन् भने उनीहरूको संवेगात्मक विकासमा सन्तुलन हुँदैन । उनीहरूमा संवेगात्मक विकाशमा सन्तुलन नभएमा पछिसम्म काँतर हुने, आत्मविश्वास कमि आउने, आत्मनिर्भर बन्न नसक्ने हुन सक्छ  ।

जन्मने र हुर्कने क्रममा सकारात्मक र नकारात्मक संवेगको प्रकट गर्न रमाउने, हाँस्ने, स्वतन्त्र रूपमा कराउन, चिच्याउन दिने, दौडने, उफ्रने, कथा सुन्ने, विभिन्न संवेगको अभिनय गर्ने, मनका कुराहरू भन्ने सुन्ने कुराकानीको समय बनाउने र सो समयमा सबैले आआफ्ना अनुभव सुनाउने सुन्ने गर्नुपर्छ । संवेगात्मक बिकाशका लागि बालबालिकालाई प्रसश्त समय दिनु पर्दछ।

सामाजिक विकासको अवसर

सामाजिक सहभागिताबाट नै बालबालिकाको व्यक्तित्व विकासका आधार तयार हुन्छ । अभिभावकले आफू नमुना बनेर सबैलाई आदर सत्कार गर्ने, धार्मिक एवं सांस्कृतिक सहभागिता गराउने र रमाउने, सामाजिक नियम, नेतृत्व लिने र दिने, नक्कल गर्ने, समूहमा बस्ने, कुराकानी गर्ने, सहयोग लिने र दिने आदि गर्ने गर्नुपर्दछ ।

खेल खेल्न, साथीहरुसंग खेल्न, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले दिनुपर्छ । बालबालिकाले जे देख्छन् त्यही सिक्छन्, त्यसैले परिवारको मूल्यमान्यता र आमाबुबाले अन्य तथा बलाबालिकाहरुलाई गर्ने व्यवहार नमुना बन्नु पर्दछ ।

परिवारमा सिकेका सामाजिक सिपहरूले विद्यालय वा बालविकास केन्द्र तथा समाजमा पनि सजिलै घुलमिल हुन सक्छन् । आमा तथा परिवार असल र संस्कारयुक्त बन्न सकेमा मात्र बालबालिका असल बन्न सक्छन, बालबालिका असल र सस्कारी बन्न सकेमा उनीहरुले लिने शिक्षा पनि सस्कारयुक्त जीवन उपयोगी बन्न सक्छ ।

आफ्ना बालबालिकालाई असल बनाउन खोज्नु भन्दा पहिला अभिभावक आफैं असल बन्नुपर्छ अनि मात्र हामीले असल बनाउन सक्छौं । त्यसैले भनेको भन्दा बालबालिकालाई अभिभावकले गरेको कुरा साँचो हुन्छ, महंगो बिद्यालय र उपहार होइन, तपाईं हाम्रो उपस्थितिको खाँचो हुन्छ । यस्ता सीप सिक्न अभिभावक शिक्षा आवश्यक छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १२ : ०६ बजे

आन्तरिक र बाह्य समस्या समाधान गर्नका लागि स्थिर सरकार बनेको हो : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै

चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस

कञ्चनपुर– बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ

प्राकृतिक जीवाणु मलको माग बढ्यो

झापा– विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही– दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक