आज २०८० साल पुस २३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २३ गते सोमबारको राशिफल


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। आध्यात्मको बाटोमा हिँडेमा मनमा आनन्द हुनेछ। व्यापारमा फाइदा हुन्छ। परिवारले तपाईंको कमजोरी औंल्याउने दिन छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

वृष : दिन सामान्य राम्रो छ। हरेक क्षेत्र सबल रहे पनि सवारी साधनमा हिँड्दा गति सुस्त गर्नु राम्रो हुन्छ। उत्तरको यात्रा नगर्नु। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दैनिकी सामान्य छ। हरेक क्षेत्रको चिन्ता लाग्नसक्छ। मित्रहरु टाढा हुनसक्ने देखिन्छ। विद्याको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा लाभ प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तीव्र गतिको सवारी साधनमा यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँग बस्नुभयो भने दिन रमाइलो हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। अचानक खर्च बढ्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारमा विश्वासको खडेरी पर्ने योग रहेको छ। प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ।

कन्या : आजको दैनिकी सामान्य राम्रो छ। हरेक क्षेत्रका गोचरी राम्रा छन्। जुनसुकै कामको लागि आफ्नै मेहनत आवश्यक देखिन्छ। अरुको सहयोग लिन खोज्दा विवाद हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। निजी काम भन्दा परोपकार गर्नु राम्रो हुन्छ। आज गरेको कामको प्रशंसा लामो समयसम्म हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। निराशाको मनोवृत्तिले काममा मन नजान सक्छ। सूर्यको दर्शन गरेर गरेको काममा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग पाइने छ।

धनु : आजको दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र रोजगारीमा फाइदा हुन्छ। राज्यको तर्फबाट मानसम्मान प्राप्त हुने योग देखिन्छ। पारिवारिक सम्बन्धमा समस्या हुने भएकाले सोचेर बोल्नु राम्रो हुन्छ।

मकर : संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। हरेक क्षेत्रको नेतृत्व आफैले गर्नु राम्रो हुन्छ। परिवारको साथले दिन खुशीका साथ बित्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : तनावले सताउने देखिन्छ। भए नभएका आरोप सुन्नुपर्ने हुनसक्छ। नसोचेको साथीको साथ मिल्नसक्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने योग रहेको छ।

मीन : दिन राम्रो छ। बोली अर्थपूर्ण हुनेछ। थोरै लगानीबाट धेरै मुनाफा हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल हुनेछ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : २८ बजे

ओलीको विरोधी होइन, पार्टी, पद्धति र विधिको पक्षमा कर्ण थापा

कर्णबहादुर थापा, नेपाली राजनीतिमा परिचित नाम हो । उनी अहिले

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन

उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण

राज्यले आफू पुग्ने गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकेको र

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना