हिटलरको मुटु हल्लाउने त्यो किताब | Khabarhub Khabarhub

हिटलरको मुटु हल्लाउने त्यो किताब



हिटलरका तीन विशिष्ट साथी थिए। जसको सल्लाहमा उनी चल्थे। मसी पनि तीनै रंगको प्रयोग गर्थे। त्यसमध्ये ओएर पिपिर मुख्य सल्लाहकार थिए। जसलाई विशिष्ट गुप्तचरीको काम दिइएको थियो। युद्धताका हिटलर विरुद्ध काम गर्दैछ भनेर बाँकी दुई सल्लाहकारले पिपिर विरुद्ध हिटलरको कान भरे। यद्यपि उनी कामप्रति सबैभन्दा बढी वफादर थिए। धेरै कान भरिएपछि हिटलरले पटक पटक जाँचे। आफूलाई नजाँचेको विषयमा पिपर कहिलेकाहीँ हिटलरको प्रतिवाद गर्थे।

आखिर आज्ञा अवज्ञा गरेको निहुँ देखाएर अन्त्यमा उनी जेल पठाइए। जेलमा पनि हिटलरले साथी विरुद्ध निगरानी बढाए। तीन महिनाको निगरानीपछि पिपर निर्दोष प्रमाणित भए। आफूलाई यो ठाउँसम्म ल्याउने माथि यस्तो व्यवहार गरेकोमा हिटरलाई पछुतो भयो। तर हिटलरजस्ता लौह पुरुषका लागि निर्णयबाट पछि हट्नु पनि त्यत्तिकै चुनौतीपूर्ण थियो।

कुनै बहानामा हिटलर जेल पुगे। हिटलर चाहन्थे- उसले माफीको याचना गरोस्। तर पिपिरले त हिटलरले सोच्दै नसोचेको अनौठो माग राखे। जुन माग यस्तो थियो- ‘जेलभित्रै कुशको छाप्रो, छाप्रो वरपर सानो बगैंचा, बिजुलीको साटो परम्परागत तेलबत्ती र बजारमा खोज्न पठाएर भारतीय कवि कालिदासले लेखेको शाकुन्तल नाटक।’

पिपिरको मागले उनलाई एकसाथ दुखी र आश्चर्यचकित तुल्यायो। हिटलरलाई आश्चर्य यस मानेमा लाग्यो- एउटा भारतीय लेखकले लेखेको पुस्तकमा के त्यस्तो रहस्य छ, जसको अगाडि मानिस कारागार मुक्ति पनि चाहँदैन। हिटलरले पनि तत्काल त्यो पुस्तक ल्याएर लगनसाथ पढे। आर्य संस्कृतिको परिचायक यो पुस्तकले हिटलरको मन मुटु छोयो। हिटलरको यही जीवनवृत्त पढेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्य लेखेका थिए।

पिपिरको मागले हिटलरलाई एकसाथ दुखी र आश्चर्यचकित तुल्यायो। एउटा भारतीय लेखकले लेखेको पुस्तकमा के त्यस्तो रहस्य छ, जसको अगाडि मानिस कारागार मुक्ति पनि चाहँदैन।

तथाकथित क्रान्तिका नाममा बिहे, ब्रतबन्ध, बाआमाको क्रियाकर्म नगरेका अघिल्लो पुस्ताका कम्युनिष्ट नेताहरु आफ्नो त्यो उत्ताउलो व्यवहारप्रति पछुतो गरिरहेका छन्। बुढेसकालमा उनीहरु न त्यो गल्ती सच्याउने हिम्मत जुटाउन सक्छन, न ती कर्मको बचाउ गर्ने जाँगर नै देखाउँछन्।

यसखाले सामाजिक र सांस्कृतिक गतिविधि मानवीय जीवनका जमिन हुन्। यिनै कर्मले ‘तँ एक्लो छैनस् है’ भन्ने ढाडस मानिसलाई दिन्छ। त्यही ऊर्जाले उसको शरीरमा सकारात्मक सञ्चार प्राप्त हुन्छ। त्यहीबाट उसले स्वस्थ जीवन बाँच्ने सामर्थ्य राख्छ।

त्यस प्रकरणपछि हिटलरजस्ता ‘स्पात पुरुष’को जीवनमा अनपेक्षित युटर्न आयो। संस्कार र संस्कृतिको विरोधमा उत्रिएर क्रान्तिको साधक बन्ने भ्रम मूलतः उमेर र संगतकै दोष हो। संस्कार, संस्कृति आइफोनको बाटोमा हिँड्दैन। धर्मलाई अफिम भन्ने उत्ताउलाहरुले हो। वास्तवमा धर्मको जमिनमा राजनीति अडेको हुन्छ। त्यसो त धर्म भनेको स्वर्ग जाने बाटो नभएर अनुशासन र भरोसा हो।

एउटा खल्तीमा मारिया र अर्को खल्तीमा हनुमानको तस्बिर बोक्ने पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अन्तर हेरे प्रष्ट हुन्छ। मोहनचन्द्र अधिकारी, आरके मैनाली बयमा पुगेपछि ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने निष्कर्षमा पुग्नु भनेको पेन्टियम वान कम्युटरमा अल्झिनु समान हो। आखिर पुष्पकमल दाहालले पनि दौरा सुरुवाललाई राष्ट्रिय पहिरन स्वीकारेर क्रान्ति भाषणमा नभई रासनमा हुने सत्य स्वीकारे। यो समयको दबाब र प्रभाव बुझ्ने साहस हो।

संस्कार र संस्कृतिको विरोधमा उत्रिएर क्रान्तिको साधक बन्ने भ्रम मूलतः उमेर र संगतकै दोष हो। संस्कार, संस्कृति आइफोनको बाटोमा हिँड्दैन। धर्मलाई अफिम भन्ने उत्ताउलाहरुले हो।

समयसँगै आविष्कार र परिस्थितिले पहिलाको पदचाप पहिल्याउन सकिदैन भन्ने तर्क सघन बन्ला, तर जुनसुकै शास्त्रले विकल्पका हजार बाटा दिएका छन्। दानसँग जोडिएको धर्मको मान्यता हुनेले नहुनेलाई दिने नै हो। एउटाले पाउँछ- सन्तुष्टि, अर्कोले जीविका। भारतका तिरुपति, स्वर्ण मन्दिर सरकारलाई ऋण दिने हैसियतमा पुग्नु पछाडिको रहस्य पनि दानको महत्ता नै हो। दशाको भामरीले छोएपछि दानको पोको खोल्नुभन्दा दानलाई संस्कृति बनाउनु चाहिँ जाति हो। आवरण परिवर्तन हुने हो, प्रकृतिको उपस्थिति कहिल्यै पातलिँदैन।

पोलेको मकै दुर्लभ होला रे तर पपकनका नाममै भए पनि मकैको महत्त्व घटेको छ र ? घरमा ढिँडो नपाक्ला रे, फास्टफुड नामका सम्पूर्ण परिकारले पिठोको ठाउँ लाखौं गुना बढी लिएका छन्। पाखा भित्तामा हिँड्नुपर्ने बाध्यकारी त्यो दुख अहिले हाइकिङ र पदयात्राका नाममा साहसिक खेलमा अनुवाद भएका छन्। एउटी आमाले ९ महिना कोखमा राखेर बच्चा जन्माउनु प्रकृति हो। त्यो बच्चीले ९ महिनापछि अर्को बच्चा जन्माउने त हैन रहेछ नि। लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मवादीहरुको अराजक गतिविधि पनि यस्तै उत्ताउला विश्लेषणतिर सीमित रहे। राजनीतिको गहनतालाई कर्तव्य नभएर कुरौटेहरुको अखडा बन्दै गएको छ।

समयसँगै आविष्कार र परिस्थितिले पहिलाको पदचाप पहिल्याउन सकिदैन भन्ने तर्क सघन बन्ला, तर जुनसुकै शास्त्रले विकल्पका हजार बाटा दिएका छन्। दानसँग जोडिएको धर्मको मान्यता हुनेले नहुनेलाई दिने नै हो।

एकथरि भन्छन्- ‘अब विश्वयुद्ध भयो भने पानीका लागि हुन्छ।’ तर नेपालमा न्यायका लागि अब कठिनतम संघर्ष गर्नु पर्नेछ। न्याय मरेको देशमा अरु सवै संकल्प पाखण्ड शिवाय केही हुँदैन। त्यही भएर त हो नि हाम्रो परिप्रेक्ष्यमा कानुन माकुराको जालभन्दा माथि उठ्न सकेको छैन्। जहाँ साना अड्कन्छन, ठूला उम्कन्छन्। खलिल जिब्रानले भनेका छन्- ‘कुटिलता कहिलेकाहीँ मात्र सफल भएको छ। यो सधैं आत्मघाती सिद्ध भएको छ।’

नेपालमा संविधान एकातिर छ तर संविधानले निर्देशित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समन्वयको जिम्मेवारी क्रसर सञ्चालक, म्यानपावर व्यवसायी, जग्गा दलाल र शक्तिका पुजारीहरुले लिएका छन्। यो देशमा १५ लाखमाथि रहेको जनसंख्या काम हैन, राजनीति गर्छ। काम गर्ने अख्तियारी लिएर राज्यबाट पारितोषिक लिनेहरु नेताहरुलाई राजनीति सिकाउँछन्।

मावली घरमा देखेको ठूलो आकारको ‘क’ घरमा नदेख्दा रुने कालिदासका चेलाहरु देशका सबै भीआईपी र भीभीआईपी पद ओगट्छन्। झुक्किएर स्कुल उपस्थित हुनेहरु अहिले नवधनाढ्य भएर तिनीहरुको पालनपोषण जिम्मा लिन्छन्। अनि स्कुलको अनुहार नदेखेका बज्रस्वाँठहरु महात्मा बनेर यी सबैलाई खुट्टा ढोगाउने ज्ञानी, महात्मा, सन्त दरिन्छन्। मन्त्रीभन्दा पीए, पीएभन्दा ड्राइभर शक्तिशाली हुनु नै त देश ओरालो लाग्नुको पूर्वाभ्यास हो। आखिर हिजो र आजको श्रृंखलामा भोलि टाँसिएर आउने हो। कुनै मान्यता भत्काउँदा त्यहाँ ठड्याउने आस्था तयार गर्न सकिएन भने त्यसले सधैं अन्धकार निम्त्याउँछ।

जतिसुकै सुशासनको रटान लगाए पनि बाघले मृगको शिकार गर्न छोड्दैन। गाई मांसाहारी हुँदैन। लामखुट्टे टोकेर भाग्न छोड्दैन। पशुपतिको बाँदरले भक्तले बोकेको केरा थुत्नबाट सन्यास लिँदैन। सूर्य उत्तरबाट उदाएर दक्षिणमा अस्ताउने होइन। नेपालको भूगोल तन्किने, खुम्चिने प्रश्नै रहेन। सेनाको ब्यारेक सरेजस्तो जनता साटिने पनि होइन। छिमेकी र सन्तानको रंग रुप इन्द्रेणी बनेर फेरिने होइन। अनि नचाहिँदा कोकोहोलोको के अर्थ ? पानी जतिसुकै तरल भएपनि त्यसको शोभा चट्टानसँग भएजस्तै नेताहरु जतिसुकै नालायक भएपनि तिनीहरुको साइनो लोकतन्त्रसँगै सुहाउँछ। कहिल्यै नभुलौं- ‘सत्यभन्दा संग्रहयोग्य अर्को वस्तु छैन्। यो घुमाउरो बाटो हिँड्दैन्।’

जतिसुकै सुशासनको रटान लगाए पनि बाघले मृगको शिकार गर्न छोड्दैन। गाई मांसाहारी हुँदैन। लामखुट्टे टोकेर भाग्न छोड्दैन। पशुपतिको बाँदरले भक्तले बोकेको केरा थुत्नबाट सन्यास लिँदैन।

महाभारत, रामायण, पुराणलाई वाचकले समयसापेक्ष भाषिक र यान्त्रिक रुपमा आआफ्नै विश्लेषण त गर्लान नै, तर सन्देशको गुत्थी एउटै हुन्छ। महिलावादीले भगवान श्रीरामले पत्नी सीतालाई अग्निकुण्डमा होमेर नारीमाथि शोषण गरेको आरोप लगाउन सक्छन् तर लोकतन्त्रवादीले जनताको गुनासो आएपछि एउटा लोकतन्त्रवादी राजाले विधिमाथि कोही छैन भन्ने मान्यता स्थापित गर्लान।

घरमा अन्न हुनेलाई भन्दा नहुनेलाई बढी भोक लाग्छ। पत्याउनुहुन्छ ? निक्कै विलासी भनिएको देश बेलायतका विद्यार्थी सानो भन्दा सानो विषयमा पनि अज्ञानी ठहरिए। एक अनुसन्धान अनुसार बेलायतका १० जनामा एकजनालाई गोलभेंडामा बोटमा फल्छ भन्ने पत्तै छैन। उनीहरुको बुझाइमा यो माटोमुनि फल्छ। एक तिहाई प्राथमिक विद्यालयका विद्यार्थीहरु भन्छन्- चीज रुखमा फल्छ। १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिंगर कुखुराको मासुबाट बनेको ठान्छन्। भनिन्छ- ‘उपयोग विनाको धन काम छैन। नम्रता विनाको विद्या काम छैन। सहयोग विनाको हात काम छैन। स्वार्थले भरिएको प्रेम काम छैन। होस विनाको जोस काम छैन। पापसँगैको धर्म काम छैन। परोपकारविनाको जीवन काम छैन। योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन।’

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : १६ बजे

सिसी टिभी फुटेजको सहयोगमा मोटरसाइकल चोरीमा सङ्लग्न पक्राउ

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरबाट मोटरसाइकल चोरीमा सङ्लग्न दुई जनालाई आज

काँकडभिट्टाबाट मात्रै चार अर्बको तरकारी आयात

झापा – नेपाली भान्सामा भारतीय तरकारीको निर्भरता कस्तो अवस्थामा रहेछ

भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ समकक्षीबीच

धादिङमा एकै दिन तीन चितुवा मृत फेला

धादिङ – धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत

बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता

नयाँ दिल्ली – बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी