इजरायली सैनिक मारेको हिजबुल्लाहकाे दाबी « Khabarhub

इजरायली सैनिक मारेको हिजबुल्लाहकाे दाबी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

लेबनान– इरान समर्थित अतिवादी समुह हिजबुल्लाहले इजरायली सैनिक मारेको दाबी गरेको छ ।

हिजबुल्लाहले दिएको जानकारी अनुसार इजरायली शहर मेतुला नजिक इजरायली सैनिक मारिएका हुन् ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाहले रुवाइसात अल असी साइटमा कोर्नेट मिसाइलले इजरायली ट्याङ्कीलाई निशाना बनाएर नष्ट गरेको दाबी गरेको छ।

समूहले आफ्ना लडाकुहरूले उत्तरी इजरायली सहर मेतुला वरपर इजरायली सैनिकहरूलाई मारेको र घाइते बनाएको पनि बताएको छ ।

इजरायली मिडियाका अनुसार मेतुलाको एउटा घर लेबनानबाट प्रहार गरिएको एन्टिट्याङ्क मिसाइलले प्रहार भएको जनाएको थियो । तर, हिजबुल्लाहको दाबी अनुसार इजरायली सैनिक मारिएको हो कि होइन भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

पछिल्लो समयमा लेबनानको सीमाबाट इजरायलमाथि हिजबुल्लाहले निरन्तर हमला गरिरहेको छ । उसले इजरायल समर्थित र उनीहरूको लगानी भएको पानीजहाज र कार्गोमा पनि निरन्तर हमला गरिरहेको छ। 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ३४ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको