चरिकोटमा निःशुल्क स्वास्थ्य शिविरबाट सात सय बिरामी लाभान्वित | Khabarhub Khabarhub

चरिकोटमा निःशुल्क स्वास्थ्य शिविरबाट सात सय बिरामी लाभान्वित


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा सदरमुकाम चरीकोटमा सञ्चालित हाडजोर्नी तथा नसा सम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना विरामी लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको आयोजना तथा सुस्वास्थ्य अस्पताल काठमाडौँ बानेश्वरको प्राविधिक सहयोगमा ग्रामीण भेगका बिरामीलाई लक्षित गरी सञ्चालित सो शिविरबाट नयाँ ४८५ र पुराना २८५ गरी सात सय रोगी लाभान्वित भएको शाखाका सभापति ईश्वरीप्रसाद दाहालले बताए ।

शिविरमा दुई चिकित्सकसहित नौजनाको टोली रहेको थियो । शिविर सम्बन्धी जानकारी दिँदै सुस्वास्थ्य अस्पतालका डा. सुदर्शन बस्नेतका अनुसार विशेष गरी हाडजोर्नी र नसा सम्बन्धी बिरामीका लागि शिविर सञ्चालन गरिएको हो ।

उपचार पाएका मध्ये ७५ प्रतिशत महिला रहेका छन् । पुरुषहरूले अन्यत्र पनि उपचार गराउने गरेको तर महिलाले अवसर शिविरमा मात्र पाएको महसुस भएको बस्नेतले बताए ।

शिविरमा बाथ, पिनास, डिप्रेसन, अनिद्राका साथै कम्मर, गर्दन, घुँडा, जोर्नी दुख्ने, नसा सम्बन्धी र माइग्रेन सम्बन्धी अकुपङ्चर, थेरापी र प्राकृतिक चिकित्सा पद्धति मिश्रणबाट उपचार भएको छ । उपचार गराउने मध्ये ६० प्रतिशतको घुँडा दुख्ने रोग पाइएको जानकारी दिए ।

अर्को शिविर दोलखाको जिरीमा गर्न लागिएको सुस्वास्थ्य अस्पतालका डा. सुदर्शन बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ५४ बजे

काटिसकेको धान भिजेपछि किसान चिन्तित

मन्थली– भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै

कप्तान रोहित पौडेलले साढे तीन वर्षपछि बनाए शतक

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष

जङ्गलभित्र लगेर कारमा आगजनी, चालक फरार

 झापा– मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एउटा

‘जेरी अन टप’को सफलतापछि ‘छड्के २’बारे अनमोल : फिल्म असफल भएपछि रोएको थिएँ

काठमाडौं – बक्स अफिसमा सुपरफ्लप भएको ‘छड्के २’पछि नायक अनमोल

सरोकार समितिले निर्वाचनको शान्ति सुरक्षाबारे सरकारसँग जानकारी लिने

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको