काठमाडौँ– माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूका लागि बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया