लगानी भित्र्याउन सरकारले वातावरण बनाइरहेको छ : अर्थमन्त्री  « Khabarhub

लगानी भित्र्याउन सरकारले वातावरण बनाइरहेको छ : अर्थमन्त्री 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित भारत-नेपाल बिजनेश फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका हुन् । उनले लगानीलाई सहज गर्न पुराना कानूनहरूलाई परिमार्जन गर्दै लैजाने उल्लेख गरेका छन् । 

सरकारले आगामी अप्रिलमा लगानी सम्मेलन गर्न लागेको भन्दै मन्त्री महतले त्यसअघि सरकारले आवश्यक पूर्वाधार तयारीमा ध्यान केन्द्रित गरेको जिकिर गरे । उनले जलविद्युत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता भएको अवस्थामा अन्य वस्तुहरूको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए ।

नेपालमा सयौं पर्यटकीय स्थल भएपनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकेकाले सडक निर्माणमा समेत ध्यान दिएको उनले बताए ।

उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ११ बजे

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र

सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

काठमाडौं – युवाहरूको नेतृत्व, नवप्रवर्तन र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको सीमा सम्बन्धी

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार