पोखरामा जलपक्षी गणना | Khabarhub Khabarhub

पोखरामा जलपक्षी गणना


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीकोअवस्था, हिउँदे आगन्तुक जलपक्षीको तथ्यांक संकलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो ।

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीको  सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार नेपालमा सन् १९८७ देखि जलपन्छी गणना सुरु गरिएको हो । 

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपन्छी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रदर्शकको सहभागितामा नेपाल पन्छी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पन्छी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताए ।

उपत्यकाले जलपन्छी गणनाको २०औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपक्षीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताए। उनका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पक्षीमध्ये १३ जलपन्छी रहेका छन् । 

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दाबढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने एशियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिए ।

पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाशरुपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताए । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : १६ बजे

दीर्घकालीन निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको

गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार

तेल अभिव – गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै

नायक अनमोल केसीको आत्मसमीक्षा : मेरो प्रतिस्पर्धा भुवन केसीसँग हो

काठमाडौं – अनमोल केसी नेपाली फिल्मका सफल र महँगा नायकमध्ये

आजका समाचार : संसद्‌ बैठक स्थगितदेखि कोशीमा सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित नेपाली