सहकारीले कृषि क्षेत्रलाई समेट्न सकेन : सभामुख घिमिरे « Khabarhub

सहकारीले कृषि क्षेत्रलाई समेट्न सकेन : सभामुख घिमिरे


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् । 

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका हुन् ।

कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमिनलाई उत्पादनमूलक बनाउने र उत्पादनसँगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रित गर्नुपर्ने उनले बताए । उनले तीन खम्बे अर्थनीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा निजी क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताए  । 

सभामुख घिमिरेले सहकारी क्षेत्रको कानून निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

उनले राजनीतिक परिर्वतन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गरे ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ३२ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला