बागलुङ महोत्सवमा १० करोडको कारोबार « Khabarhub

बागलुङ महोत्सवमा १० करोडको कारोबार


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र रु १० करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । 

सङ्घको आयोजनामा सम्पन्न भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र सांस्कृतिक सम्पदाको उजागर गरिएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। महोत्सवमा एक सय २० व्यापारिक कक्ष, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री कक्ष तथा लुकेर रहेका पर्यटकीयस्थल चिनाउन फोटो प्रदर्शनी गरिएको थियो । 

महोत्सवमा घरेलु उत्पादन सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो, टिमुर, आलु, भुटेको मकै, अल्लोबाट उत्पादन गरिएको कपडा बिक्री गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन मुला, फर्सी, टमाटरलगायत कृषिउपजको प्रदर्शनी गरिएको थियो । कोरोनापछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी भएको सङ्घका महासचिव ऋषिराम गौतमले जानकारी दिए । 

महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा प्रत्यक्ष दोहोरी गीत प्रतियोगिता, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता सम्पन्न गरिएको छ । 

सङ्घको सामाजिक उत्तदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकम सदस्य कल्याणकारी कोषमा रु पाँच लाख जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति कोषमा सहयोग गरिने, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासङ्घको संस्थागत विकासमा सहयोग गरिने जनाइएको छ । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : २० बजे

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म पछिल्लो समयमा नेपालमा स्वरोजगार

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध गरेका छौँ

काठमाडौं– सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित