विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका-२ घर भई भरतपुर महानगरपालिका-३ बेलचोकस्थित इनवेरियल कुखुरा मासु पसल सञ्चालन गरी बस्ने ३४ वर्षीया दुर्गा अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलोसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले आफ्नै पसलमा गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरको भिमदत्त नगरपालिका-३ तिलकपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो १ सय ४ ग्रामसहित बझाङ केदास्युँ गाउँपालिका-६ बस्ने ६३ वर्षीय नर बहादुर धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१३ शिवटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित सोही नगरपालिका-१३ बस्ने शंकर राना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-५ हलन चोक बस्ने १९ वर्षीय विशाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ०७ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा